जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कमस खाएका श्रीमान् रणबहादुर सुनारले आफ्नै श्रीमतीको ज्यान लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतले ४२ वर्षीया पारु सुनारको उनका ४५ वर्षीय श्रीमान् रणबहादुर सुनारको कुटाइबाट मृत्यु भएको जानकारी दिए ।
कुटपिटबाट घाइते भएकी पारु र कुटपिट गर्ने सुनार दुवै जनालाई उपचारका लागि बुधबार (३१ असार) दोधाराचाँदनीस्थित नगर अस्पताल पुऱ्याइएको थियो । प्रहरीले कुटपिटमा संलग्न रणबहादुरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया