मारिओपोलको अस्तित्व मेटिएको युक्रेनका विदेशमन्त्रीको स्वीकारोक्ति

मारिओपोलको अस्तित्व मेटिएको युक्रेनका विदेशमन्त्रीको स्वीकारोक्ति


युक्रेनमा फेरि तीव्र हमला

रुसी सेनाले युक्रेनका महत्वपूर्ण क्षेत्रहरुमा गोलाबारी र हवाइ हमला फेरि तीव्र पारेका छन् । ओडेसा नजिकैको शहर माइकोलाइभमा निरन्तर रकेट हमला भएको त्यहाँका गभर्नरले बताएका छन् ।

पूर्वीयुक्रेनमा हवाइ हमलाका साइरनहरु निरन्तर बजिरहेका बीबीसीले जनाएको छ । युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले पूर्वीबन्दरगाह शहर मारिओपोलको अब कुनै अस्तित्व नरहेको बताएका छन् । झन्डै दुई महिनाअघि युद्ध सुरु भएपछि मारिओपोल निरन्तर रुसी सेनाको हमलामा परेको छ ।

यसैबीच, युक्रेनका प्रधानमन्त्री डेनिस स्माइहलले घेराबन्दीमा परेको मारिओपोल सहरमा युक्रेनी फौज रुसविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन् ।