मारिओपोल युक्रेनबाट मुक्त भएको पुटिनको दाबी

मारिओपोल युक्रेनबाट मुक्त भएको पुटिनको दाबी


रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी बन्दरगाह सहर मारिओपोललाई मुक्त गरिएको बताएका छन् । उनले युक्रेनी शहरको स्टिल कारखानामा आक्रमण गर्नुको सट्टा घेराबन्दी गर्न रुसी सेनालाई आदेश दिएका छन् ।

‘युक्रेनी सेनाले नियन्त्रण कायम गर्न संघर्ष गरिरहेको मारिओपोलबाट विस्थापितहरू बोकेका चार वटा बस शहर छोडेका छन्’, युक्रेन सरकारले बिहीबार भनेको छ ।

चारवटा खाली बसहरू मानवीय करिडोरमार्फत शहर छोड्न सफल भएको युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सामाजिक सञ्जालमा भनेकी छिन् ।