यौनिक तथा लैङ्गिक समुदायसँग कांग्रेस मकवानपुर सभापतिले मागे माफी

यौनिक तथा लैङ्गिक समुदायसँग कांग्रेस मकवानपुर सभापतिले मागे माफी


नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले यौनिक तथा लैङ्गिक समुदायसँग माफी मागेका छन् ।

उनले मंगलबार कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गर्ने कार्यकर्तालाई गाली गर्दै यौनिक तथा लैङ्गिक समुदायलाई ठेस पुग्ने खालका शब्दहरु बोलेका थिए ।

सभापति लामाले आज यौनिक तथा लैङ्गिक समुदायको संस्था फ्रेन्डस हेटौंडाको कार्यालयमा पुगेर माफी मागेका हुन् । माफी माग्दै उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सधैं सम्मान गर्ने प्रतिबद्धता जनाए ।

स्थानीय तह निर्वाचनको घोषणापत्रमा समेत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समेट्न अधिकतम् प्रयास गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।