- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ वसन्त ऋतु नलनामक संवत्सर वि.सं. २०७९ वैशाख ९ गते तद् अनुसार सन् २०२२ अप्रिल २२ तारिख शुक्रबार वैशाख कृष्णपक्षको षष्ठी तिथि पूर्वाषाढ़ा नक्षत्र शिव योग भद्रा करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३५ मा भयो र सूर्यास्त साँझ १८ः३२ मा हुनेछ । अन्तर्राष्ट्रिय पृथ्वी दिवस ।
आजको राशिफल
मेष – बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । परिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । रसरागमा रुचि बढ्ला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मान पुरस्कार मिल्नेछ । साहसिक कार्यमा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।
वृष – जोखिमपूर्ण काममा विशेष ध्यान राख्नुपर्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यस्तता र रसरागमा आकर्षण बढ्नेछ । समयलाई सदुपयोग गर्नुहोला ।
मिथुन – परिवारिक काममा सफलता मिल्नेछ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । अनावश्यक भ्रमण हुन सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । तथापि, गौरव वृद्धि हुनेछ । ऋण, रोग र शत्रुसितको कुरामा अनुकूलता आउनेछ ।
कर्कट – भागदौड बढ्नेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । बल विवेकले काम बन्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आँट उत्साह बढ्नेछ ।
सिंह – धन वृद्धि हुनेछ । आरोग्यता बढ्नेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विलासमा आकर्षण बढ्नेछ ।
कन्या – व्यस्तता बढ्नेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। उन्नति पदोन्नति हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ ।
तुला – धनको आगमन भैरहनेछ । मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।
वृश्चिक – बल बढ्ला । यात्रामा सफलता मिल्नेछ । दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत समेत समय छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइको साथ मिल्ला ।
धनु – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । धन मान महत्व बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।
मकर – मनग्य धन आर्जन हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । हांसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ ।
कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मिठो भोजन मिल्नेछ ।
मीन – अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्ला ।
प्रतिक्रिया