महानगर∕उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेसको र एमालेको बैठक बस्दै

महानगर∕उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेसको र एमालेको बैठक बस्दै


सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महानगर∕उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि बैठक आब्हान गरेका छन् ।

यही वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले आज अपरान्ह २ बजे केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने एमालेले पनि सचिवालय बैठक बोलाएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २ बजे अपरान्ह बैठकमा उपस्थित हुनका लागि पदाधिकारी सबैलाई बोलाइएको छ । यस्तै, एमालेले अपरान्ह ३ बजे बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक बोलाएको छ ।

मुलुकका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारी आजै टुंगो लगाएर निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलिदेखि उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुँदैछ ।