काठमाडौं मेयरमा कांग्रेसको तर्फबाट सिर्जना सिंहको नाम सहमतिनजिक

काठमाडौं मेयरमा कांग्रेसको तर्फबाट सिर्जना सिंहको नाम सहमतिनजिक


काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने लगभग सहमति भएको बुझिएको छ ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले सिंहलाई अनुमोदन गरेलगत्तै उनी पाँचदलीय गठबन्धनवाट मेयरकी साझा उम्मेदवार हुनेछिन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । शुक्रबार साँझ बसेको बैठकले सिंहलाई अनुमोदन गर्ने बारेमा सहमति भइसकेको कांग्रेस नेताहरुले बताएका छन् ।

वालुवाटारमा जारी कांग्रेस शीर्ष नेतृत्वको बैठकले सहमति गरेपछि २ बजे बस्ने कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकले अन्तिम नामावली सार्वजनिक गर्नेछ ।