आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहका उम्मेदवार तय गरेको छ ।
बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटालाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ ।
यस्तै, धुलिखेलको प्रमुखमा अशोक व्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी, पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा, नमोबुद्धको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामालाई उम्मेदवार बनाउने भएको छ ।
मण्डनदेउपुरको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाल, पाँचखालको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवारलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ ।
पनौती नगरपालिका प्रमुखमा एमालेबाट फेरि पनि भीम न्यौपाने मेयरका उम्मेदवार बन्ने भएका छन् भने नमोबुद्द नगरको मेयर पदका लागि राजन भुर्तेल उम्मेदवारचयन भएका छन् ।
भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउरालीमा जिताराम लामा र बबिता खरेल, बेथानचोकमा कमल तिमिल्सना र सरला लामिछाने, रोशीमा देवसागर लामा र बबिता बोहरा, तेमालमा इन्द्र तामाङ र सम्तेन लामा, खानीखोलामा डम्बर तिमल्सिना र रुकमणि गुरुङ अनि महाभारतमा पूर्णबहादुर वाइवा र शान्तितितुङलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ ।
प्रतिक्रिया