घोषणापत्रमार्फत कांग्रेसको समीक्षा : ‘५ वर्ष त्यसै खेर गयो’ (घोषणापत्रको पूर्णपाठसहित)

घोषणापत्रमार्फत कांग्रेसको समीक्षा : ‘५ वर्ष त्यसै खेर गयो’ (घोषणापत्रको पूर्णपाठसहित)


नेपाली कांग्रेसले आइतबार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रलाई कांग्रेसले संकल्प भनेको छ । पार्टी कार्यालय सानेपामा आज घोषणपत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रमार्फत कांग्रेसले स्थानीय तहको पाँच वर्षलाई ‘खेर गएको पाँच वर्ष’ भनेको छ । खेर फाल्नेलाई दण्डित गर्नुपर्ने उसको भनाइ छ ।

स्थानीय सरकारको एउटा अवधि त्यसै खेर गएको समीक्षा गरिएको कांग्रेस महामन्त्री तथा घोषणापत्र तयारी समिति संयोजक गगनकुमार थापाले बताए ।

उनले अबको दशक समुन्नतिको हुने र उक्त संकल्प पूरा गरिछाड्ने विश्वास व्यक्त गरे ।

घोषणापत्रमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारको पालामा ‘अधिनायकवाद र सर्वसत्तवादको सूत्रपात’ भएको उल्लेख छ ।

एमाले पार्टी सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको पनि महामन्त्री थापाले दाबी गरे ।

यस्तो छ कांग्रेसको चुनावी घोषणापत्रको पूर्णपाठ-