- विकास रौनियार, गजुरी (धादिङ)
पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे ७ जुगेखोलामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
आइतबार साँझ काठमाडौंबाट धादिङबेशी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाडौंतर्फ गइरहेको बा.प्र. ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ठक्कर दिने बसमा सवार एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कारचालक तनहुँ खैरेनी घर भएका वर्ष ३५ का दिलबहादुर बस्नेत, भारत उत्तरप्रदेश घर भएका अन्दाजी वर्ष ४५-५० का विमलचन्द्र अग्रवाल, सोही ठाउँ घर भएका अन्दाजी वर्ष ३५-३६ का साधना अग्रवाल, वर्ष ४०-४२ का सन्ध्या अग्रवाल र वर्ष ५०-५५ का राकेश अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटनापछि घाइते भएका धादिङको निलकण्ठ-११ का राम परियारको काठमाडौंमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया