सत्ता गठबन्धनबाट पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेदवार बन्ने भएका छन् ।
पोखरामा मेयर उम्मेदवारको भागबण्डा पाएको एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
समाजवादीले हेटौँडा उपमहानगर मेयरमा मीना लामालाई उम्मेदवार बनाउने भएको छ । सो पार्टीका महासचिव बेदुराम भुसालका अनुसार काठमाडौं महानगर र तीन वटा उपमहानगरपलिकामा पनि उपमेयर उम्मेदवारको टुंगो लागेको छ ।
एकीकृत समाजवादीले काठमाडौं महानगर रामेश्वर श्रेष्ठलाई उपमेयरको टिकट दिएको छ । यस्तै, इटहरी उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमेयरमा चिनबहादुर गुरुङ र तुल्सीपुर उपमेयरमा जोगबहादुर रानामगरले उम्मेदवारीको टिकट पाएका छन् ।
ज्ञातव्य छ, आज उम्मेदवारी मनोनयन दर्ताको अन्तिम दिन हो ।
प्रतिक्रिया