सवारी दुर्घटनामा परे गायक प्रमोद खरेल

सवारी दुर्घटनामा परे गायक प्रमोद खरेल


गायक प्रमोद खरेलले आफू गम्भीर सवारी दुर्घटनामा परेको जानकारी दिएका छन् । दाङको तुलसीपुरमा हुने कार्यक्रममा सहभागी हुन होटेलमा जाने क्रममा बुधबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए ।

दुर्घटनामा परेपछि बेहोस भएका गायक खरेलको ४५ मिनेटमा होस खुलेको जानकारी दिएका छन् । राति नै डिस्चार्ज भएर गायक खरेल काठमाडौं आएर सिटी स्क्यानलगायत सबै परीक्षणपछि अहिले आराम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार बाहिरी चोट भए पनि आन्तरिक रुपमा कुनै समस्या नदेखिएको र विस्तारै सामान्य हुने क्रममा रहेको गायक खरेलको भनाइ छ ।

दुर्घटनामा परेपछि गायक खरेलले दुई चार दिन रेकर्डिङसहितका सबै कार्यक्रम स्थगित गरेका छन् ।