इथियोपियामा भएको जातीय दंगामा बीस जनाको मृत्यु

इथियोपियामा भएको जातीय दंगामा बीस जनाको मृत्यु


इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परेर २० जनाको मृत्यु भएको छ । इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दंगामा परेर ती नागरिकको ज्यान गएको हो ।

अमहरा प्रान्तको इस्लामिक एफियर्स् काउन्सिलले दिएको जानकारीअनुसार सो क्षेत्रमा बुधबार भएको जातीय दंगामा कम्तीमा पनि २० जनाको हत्या भएको छ । स्थानीय एक चिहानको विषयलाई लिएर विभिन्न धार्मिक र जातीय समूहका बीचमा विगतदेखि नै विवाद रही आएको र पछिल्लो पटक सो जातीय दंगामा परेर २० जना व्यक्तिको ज्यान गएको हो ।

सो विवादपछि त्यहाँको एक जातिका मानिसहरु आएर अर्का जातिको समूहका मानिसको आमहत्या नै गरेका बताइएको छ । सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको र मारिएको समूहका मानिसरुलाई उद्धारका लागि प्रयास गरिएको छ ।

उक्त क्षेत्रमा विगतदेखि नै जातीय दंगा हुने गरेकाले थप सुरक्षा सतर्कता अपनाइएको भए पनि बुधबार यो आमहत्या भएको अधिकारीहरुले जनाएका छन् ।

हाइटीमा झडपपछि कम्तिमा २० जनाको मृत्यु

हाइटीको राजधानी शहर पोर्ट-ओ-प्रिन्समा भएको दङ्गा भीडन्तमा परेर कम्तिमा २० व्यक्तिको मृत्यु भएको छ भने हजारौं विस्थापित भएको हाइटीको नागरिक सुरक्षा निकायले बिहीबार जनाएको छ।

‘आइतबार, अप्रिल २४ बिहान ४०० मावोजो र चेन मेकानका गिरोहहरू बीचको शक्तिशाली झडपले जनसङ्ख्यामा त्रास पैदा गरेको छ । परिणामस्वरूप साना बच्चाहरू भएका परिवारहरू सहित हजारौँ मानिसहरू विस्थापित भएका छन् । अप्रिल २४-२६ सम्म कम्तिमा २० सर्वसाधारण मारिएका रिपोर्टहरु सार्वजनिक भएका छन् ।

अक्टोबर २०२१ मा १७ इसाई मिसनरीहरू १६ अमेरिकी नागरिक र एक क्यानाडाली, पाँच बच्चाहरू सहित पोर्ट-ओ-प्रिन्सबाहिर अनाथालयको यात्राको क्रममा अपहरण र बन्धक बनाइएको छ । मिसनरीहरूलाई ४०० मावोजो नामक कुख्यात सशस्त्र गिरोहले अपहरण गरेको छ।