आजको पञ्चाङ्ग एवम् राशिफल (१८ वैशाख २०७९ आइतबार, १ मे २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ वैशाख २०७९ आइतबार, १ मे २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वसन्त ऋतु नलनामक संवत्सर वि.सं. २०७९ बैशाख १८ गते तद् अनुसार सन् २०२२ मे १ तारिख आइतबार वैशाख शुक्लपक्षको प्रतिपदा तिथि भरणी नक्षत्र आयुष्मान योग किंस्तुघ्न करण आनन्दादिमा काल योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२७ मा भयो र सूर्यास्त साँझ १८ः३७ मा हुनेछ । मजदूर दिवस, ल.पु.मत्स्येन्द्रनाथ रथारोहण ।

आजको राशिफल

मेष – रसरागमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुने र विगतका कमी(कमजोरीलाई पनि सुधार गर्ने मौका छ । आजको दिन साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ । मान र मिठो भोजन मिल्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्लान् ।

वृष – रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ ।केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । मान महत्व, यश, वर्चश्व वृद्धि हुनेछन् । व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । समयलाई सदुपयोग गर्नु हितकर हुनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

मिथुन – विभिन्न अवसर आए पनि मौकामा उचित लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य मात्र फाइदा हुनेछ । परिवारिक काममा भने सफलता मिल्नेछ । ऋण, रोग र शत्रुसितको कुरामा अनुकूलता आउनेछ ।

कर्कट – भागदौड बढ्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । स्वास्थ्यको कमजोरीले पढाइमा बाधा पुग्न सक्छ । खर्च हुने काममा विशेष ध्यान राख्नुपर्नेछ । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । बल विवेकले काम बन्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आँट उत्साह बढ्नेछ । नयाँ सम्भावना रहेको छ ।

सिंह – धन वृद्धि हुनेछ । आरोग्यता र समृद्धि बढ्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । हासविलासमा आकर्षण बढ्नेछ । यात्रा होला । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । काम बन्नेछ ।

कन्या – सफलता बढ्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । व्यस्तता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । सन्तानको सहयोग मिल्नेछ ।

तुला – धनको आगमन भैरहनेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । यात्रा गर्ने अवसर जुट्न सक्छ परिस्थितिसँग केही सम्झौता गर्नु पर्ने देखिन्छ । वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ ।

धनु – धर्म पथमा सफलता मिल्नेछ । तर आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । मनोकुलको काममा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । धन मान महत्व बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।

मकर – हांसविलासमा आकर्षण रहला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ । धोखा हुने ठगिने सम्भावना पनि रहनेछ, सोचीविचारी काम गर्नु अनुकुल होला ।

कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला, पछि काम बिग्रनाले मन खिन्न हुनेछ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पारिवारिक आत्मीयता बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । वार्तामा सफलता मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शांति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्ला ।