मकवानपुरमा लोडर दुर्घटना, दुई चिनियाँ नागरिकको मृत्यु

मकवानपुरमा लोडर दुर्घटना, दुई चिनियाँ नागरिकको मृत्यु


निर्माणाधीन निजगढ-काठमाडौं द्रुतमार्ग (फास्टट्रयाक)मा लोडर पल्टिँदा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको छ ।

बकैया गाउँपालिका ११ जितपुरभञ्ज्याङमा लोडर पल्टिँदा एक जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मृत्यु हुने दुवै चिनियाँ नागरिक भएको बताइएको छ । निर्माणाधीन फास्ट ट्रयाकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरुको मृत्यु भएको हो ।

लोडर सडकबाट करिब ५० मिटर तल पुगेको छ । लोडरमा ५ जना चिनियाँ नागरिक र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ । बाँकी ४ जनाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।