नेपाल उद्योग परिसङ्घको महानिर्देशकमा दीपकराज जोशी नियुक्त

नेपाल उद्योग परिसङ्घको महानिर्देशकमा दीपकराज जोशी नियुक्त


नेपाल उद्योग परिसङ्घ (सिएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन् । सिएनआईको पदाधिकारी समितिको २७औँ बैठकले जोशीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) जोशी पर्यटन क्षेत्रको प्रवद्र्धन तथा अनुसन्धानात्मक गतिविधिमा निरन्तर क्रियाशील छन् । जोशीले सोमबार नै पदभार ग्रहण गरेका छन् ।

नवनियुक्त महाप्रबन्धक जोशीलाई सिएनआईका अध्यक्ष विष्णकुमार अग्रवालले स्वागत गर्दै संस्थाको उद्देश्यअनुरूप सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

पदभार ग्रहण गरेलगत्तै जोशीले पर्यटन बोर्ड पनि सार्वजनिक निजी साझेदारी अवधारणा भएको संस्था भएको उल्लेख गर्दै सिएनआई पनि निजी क्षेत्रको छाता संस्था भएकाले अरु बृहत् आर्थिक क्षेत्रका बारेमा थाहा हुने र यसबाट सार्वजनिक तथा निजी क्षेत्रको साझेदारीलाई प्रभावकारी बनाउने भूमिकामा केन्द्रित रहने बताए ।

महाप्रबन्धक जोशीले सरकारी क्षेत्रलाई कार्यान्वयन गर्ने र निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी समन्वयात्मक ढङ्गले काम गर्ने विश्वास व्यक्त गरे ।