भारतीय नम्बर प्लटेको मिनी बससँग टाटा सुमो ठोक्किँदा पाँँच जनाको मृत्यु

भारतीय नम्बर प्लटेको मिनी बससँग टाटा सुमो ठोक्किँदा पाँँच जनाको मृत्यु


तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस टाटा सुमोसँग ठोक्किँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक बच्चासहित पाँच जनाको मृत्यु भएको हो । काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बस सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको टाटा सुमोसँग काभ्रेको रोशी गाउँपालिका-११ मा दुर्घटनामा परेको काभ्रे प्रहरीले जनाएको छ ।

यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमोसँग ठक्कर खाएको थियो । काभ्रेको रोशी गाउँपालिका-११ मा भएको उक्त दुर्घटनामा एक बच्चासहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले बताए ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन नसकेको र घाइतेहरूको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रवक्ता खतिवडाले बताए ।