पत्रकारिता र यूकेको नेपाली समाज

पत्रकारिता र यूकेको नेपाली समाज


बितेको दशकदेखि खासगरी नेपाली परिवेशमा पनि पत्रकारिताको महत्त्व र प्रभाव बिस्तारै बढ्दै गएको स्पष्ट देखिएको छ । कालापानीमा मिचिएको नेपाली भूमि होस्, रक्सौल हुँदै भारतका रेडलाइट स्टि्रटहरूमा शरीर बेच्नका लागि लगिने नेपाली युवती हुन् या माओवादीविरुद्ध बोलेबापत नेपाल छोड्न बाध्य पारिएका हेलेम्बुका केत योन्जनको परिवार होस्, यस्ता घटनालाई विभिन्न परिवेशमा नेपाली पत्रपत्रिकामा एकताका छयापछ्याप्ती पारिएको थियो । यही पत्रकारिताकै करामत हो, जो तबदेखि आमपाठकहरूलाई एक सशक्त जानकारीका साथ तिनका घरदैलोमा सजिलै उपलब्ध भइरहेको छ ।
वास्तवमा विश्वलाई यति सानो र साँघुरो बनाउनका लागि संसारभरका पत्रकारको महत्त्वपूर्ण योगदान रहेको छ । इथियोपियाकी यान्सिलको कुपोषणले गर्दा मर्न लागेको तीन वर्षीय छोरोको अपरिभाषित भोक होस्, तेहरानकी रैथालिइरालाई दिन थालिएको सामाजिक सजायको आघातले तत्पपिएका बाबु रेहमानको सामाजिक अनि सांस्कृतिक बाध्यता होस्, हराइसकेको सम्पन्न राज्य ल्हासाका एक व्यापारी दिक्द्यालापको स्वतन्त्र तिब्बत देख्ने उत्कट अभिलाशा होस् या काठमाडौंस्थित ठमेलको मसाज पार्लरमा शरीर बेच्ने रत्ना नामकी एक भद्र महिलाको कथित सौम्य व्यवसाय होस्- यी सबको बारेमा अहिले आमपाठकले बिहानको चियासँगै सजिलै जानकारी लिन पाएका हुन्छन् । संसारभरमा मिडियाको शक्ति अपरिमेय त्यसैले पनि भएको हो ।
असजिलो मान्दै बिस्तारै बस्दै गर्दा उसको मुखबाट सुस्केराको साथ ‘एैया…’ शब्द निस्केपछि भने मलाई लागेको थियो कि ऊ पक्का पनि नेपाली मूलको युवक हुनुपर्छ । कुतूहललाई दबाउन नसकेपछि सोध्दा थाहा लाग्यो उक्त व्यक्ति नेपालकै हेलेम्बुबाट आजभन्दा करिब १७ वर्षअगाडि क्यानाडा पुगेर बेलायत छिरेका उनै केत योन्जनका एक मात्र छोरो डिक्सन योन्जन रहेछ । २५ वर्षीय डिक्सन अर्थात् डिल योन्जन काठमाडौंबाट १५ वर्षअघि ल्याइएका थिए । एक किसिमले आफ्नो बाबालाई नेपालबाट खेद्न सफल भएका तत्कालीन स्थानीय जिल्ला कमिटीका माओवादी सदस्यलाई ऊ अहिले पनि धन्यवाद दिन पछि पर्दैन । त्यसपछि आफूलगायत आफ्नो नजिकका नातेदारहरू पनि नेपाल नफर्केको बताउने डिक्सनलाई नेपाल मन नपरे पनि अर्को भाषाको रूपमा नेपाली भाषा बोल्न र बुझ्न मन लागेकोले अलिअलि आफूले पनि बोल्ने बताउँछ । ‘एैया’ नभनेको भए ऊ कुनै पनि एंगलबाट नेपाली देखिँदैनथ्यो । केही महिनाअगाडि एक दर्ुघटनाको सिकार भएकोले नै ऊ अपाङ्गजस्तो बनेको रहेछ र त्यसैलाई क्यास गर्न ऊ महिनाको दुईपटक एडमन्टन काउन्सिलमा धाउने गर्दोरहेछ । बुबाको नाम राखिएर छापिएको समाचारको कटिङलाई नेपाल सरकारको पुरस्कारको रूपमा राख्ने केतको घरमा एक परम्परा भएको बडो चाख मान्दै बताउने डिक्सनलाई पत्रकारिताबारे लेख्दै गर्दा बिर्सन सकिनँ । किनभने, त्यही पत्रकारिताको समाचारलाई आधार बनाएर केत योन्जनका परिवारले सजिलैसँग क्यानाडामा शरणार्थी भएर घुस्न सकेको उनकै छोरोबाट थाहा भएको हो । राष्ट्रको चौथो अङ्गको रूपमा लिइने पत्रकारिताले सधैं सकारात्मक प्रभाव मात्र पार्ने नगरी त्यही समाजलाई नै एक किसिमले गतिहीन पनि बनाउने गरेको धेरै घटना हाम्राअगाडि उदाहरणको रूपमा घटिरहेका हुन्छन् । समाजमा पीत पत्रकारिताको रूपमा चिनिने यस्तो परम्परालाई भने नेपालमा बलजफ्ती पचाउन आमजनता बाध्य भएका हुन्छन् ।
सामाजिक संरचनात्मक यथार्थमा विविध नाम र काम अनि स्वरूपमा समाजहरू एक-अर्कामा एकबद्ध हुनु कतै नराम्रो होइन । प्रजातान्त्रिक पद्धतिअनुरूप पर्ने साधारण अभ्यास नै हुन् यी, तर पनि सामाजिक मर्यादामै अधीनस्त रही उही प्रकारको संरचना बुन्ने प्रयासमा भने समाजको एक विशाल आकृतिमा ससाना छ्रि्रहरू त्यसैले पनि देखिनुलाई नकार्न भने पक्कै सकिँदैन । कुनै एक समस्यालाई समाधान गर्नका लागि समाजमा पहिले उक्त समस्याको पोको कुन खालको समाजले खोल्नुपर्ने हो भन्ने खोज्दाखोज्दै समस्या भित्रभित्रै जटिल बन्दै गएका उदाहरण हरेक समाजमा सजिलै खोज्न सकिन्छ । यसको समाधान अवश्य नै वर्गीकृत समाजको रूपले गर्दैन । त्यस्तै अवस्थामा यहाँ यूकेमा नेपाली पत्रकार आफ्नो खालको समाजको निर्माण गर्ने प्रक्रियामा लागेका छन् । सम्भवतः चुनावै हुने छाँट देखिएको नेपाल पत्रकार महासङ्घ यूकेको यो पहिलो अधिवेशनमा पक्का रूपमा भन्न सकिन्छ कि बेलायतका नेपाली पत्रकारहरूका मनमा आमनेपाली राजनीतिक मानसिकता मरेको छैन । अहिले पनि नेपालका पत्रकारको मुख्य हाँगासँग जोडिने धेरैको विशेष मनसाय रहेको यहाँ स्पष्ट भएको छ ।
नेपाली आमपत्रकारिताको धारणाअनुसार सार्वजनिक ओहोदामा रहने या सार्वजनिक रूपमा सबैले खोज्ने र देख्ने नाम बोक्ने व्यक्तिका कुनै कार्य वास्तवमा निजी हुँदैनन् । तर, कुनै पनि व्यक्तिलाई निजी बन्न या गोप्य रहन पनि उत्तिकै अधिकार हुन्छ भन्ने यहाँ आएपछि खुलेको छ । जस्तो कि, कोही व्यक्ति अपराधी तबसम्म मानिँदैन जबसम्म त्यो कानुनी रूपमा प्रमाणित हुँदैन । तबसम्म समाजका कुनै पनि अङ्गले उक्त व्यक्तिलाई अपराधी भन्न वा लेख्न वा त्यस्तो अभ्रि्राय खुल्ने गरेर देखाउन सक्दैन, गरेमा त्यो सरासर मानहानि भएको ठहर्छ । पत्रकारिता गर्ने क्रममा यहाँ यस्ता घटना घटिरहेका छन्, मेरो विचारमा त्यस्ता प्रकारान्तरका समस्याहरूमा यहाँका पत्रकार एकजुट हुन जरुरी छ । ‘नो विन नो फी’ भनेर पछि लाग्ने विविध खालका वकिलका जकडबाट यहाँ आमनेपाली पत्रकारलाई बच्न गाह्रो भएको छ । नेपालको अनि नेपाली राष्ट्रियताको धज्जी उडाउने प्रवृत्तिका क्रियाकलापहरू भइरहेको सन्दर्भहरू, नेपाली विद्यार्थीलाई नेपाली व्यापारीबाटै लुटिएको सन्दर्भहरू, जातीयताको नाममा, क्षेत्रीयताको नाममा विभिन्न विरोधाभासहरू भइरहेको सन्दर्भहरूलगायत अन्य विभिन्न अमेल प्रकारका सन्दर्भहरूबारे लेख्न नसके, त्यो के पत्रकारिता भयो र – यदि यसरी नै लेख्ने हो भने उक्त पत्रकारले सम्पूर्ण रूपमा आफ्नो बचाउ आफंै नै गर्नुपर्ने हुन्छ । उसको सत्यतालाई, त्यही समाजमा व्यक्तिको आफ्नो गोप्यतालाई अर्थात् व्यक्तिको राइट टु प्राइभेसीलाई थाँती राख्नका लागि नो विन नो फी नामक वकिलहरू आफ्नो विकराल सामर्थ्य राख्ने सेवाहरूले लगभग निस्तै निलिरहेका हुन्छन् र त्यसैको प्रकोपमा आमलेखकहरू निरीह भएका हुन्छन् । त्यस्तो समस्यामा बोल्न वा साथ दिन नेपाली पत्रकारको समाज सशक्तवान यहाँको परिवेशका लागि हुन जरुरी छ, तर लाग्दै छ, वास्तवमा, यहाँ यो हप्ता हुँदै गरेको पत्रकारहरूको सङ्घको मूल आसय भनेको नेपाली मूलधारको पत्रकारहरूको लाइनमा खडा हुनु हो । माथि भनिए जसरी यदि समाचारहरू लेख्न वा लेख लेख्न नसक्ने हो भने विभिन्न जातीय अनि क्षेत्रीय समाजहरूको भोजभतेरको तस्बिरहरू खिच्ने र त्यही समाचारहरू लेख्ने व्यक्ति पत्रकार होइनन्, ती व्यक्तिहरूको समाज नेपाल पत्रकार महासङ्घमा आबद्ध हुन सक्दैनन् भन्ने निम्न रूपमा म सोच्दछु ।
महासङ्घको अधिवेशनले निर्माण गर्ने कार्यसमितिले आफ्नो मूल ध्यान स्थानीय नेपाली समाज र त्यसले स्वीकारेको पत्रकारहरूको आफ्नै स्थानीय अनि घरायसी समस्याहरूमाथि दिनेछ भन्ने यतिखेर कामना गर्दछु । पत्रकारहरू जो केही लेख्न र पढ्न अनि सोअनुरूप सोच्न र्समर्थ व्यक्ति भएकाले आफ्नै समाजभित्र आउने टीका-टिप्पणीहरूलाई सकारात्मक रूपमा लिने नै छन् । त्यसैले पनि यहाँको त्यही पत्रकारहरूको सानो समाजभित्र टीभी, रेडियो, छापा अनि अनलाइन गरी वर्गीकृत मानसिकता समूल समाजमा पर्ने छैन भन्ने अर्को एक कामना राखेको छु । -लन्डनबाट