आजको पञ्चाङ्ग एवम् राशिफल (२७ वैशाख २०७९ मंगलबार, १० मे २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ वैशाख २०७९ मंगलबार, १० मे २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वसन्त ऋतु वि.सं. २०७९ वैशाख २७ गते मंगलबार तद्अनुसार सन् २०२२ मे १० तारिख वैशाख शुक्लपक्षको नवमी तिथि मघा नक्षत्र ध्रुव योग तैतिल करण आनन्दादिमा काल योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२० मा भयो र सूर्यास्त साँझ १८ः४२ मा हुनेछ । सीता जयन्ती ।

आजको राशिफल

मेष – आजको दिन मध्यम छ । प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हुनेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, तापनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । बल, बुद्धि, शक्ति, सामर्थ्य आदि बढ्नेछन् । मिठोे भोजन प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – व्यस्तताका साथै शुभ प्रभाव बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि होला । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा चाहिँ ध्यान पुर्याउनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ । खेलकुद र भ्रमणमा रुचि बढ्ला । आमोदप्रमोदमा रुचि बढ्ला । इष्टमित र सन्तानको सुख प्राप्त हुनेछ ।

मिथुन – पराक्रम बढ्नेछ । मनोकूलको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक कार्यमा आकर्षण बढ्नेछ । आफन्त मिलन होला । सन्तान सुख मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभता र यात्रासित सम्बन्धित कार्य बन्नेछन् । मान महत्व बढ्नेछन् । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह बढ्नेछ । सुख समृद्धि बढ्नेछन् ।

कर्कट – ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुने भए पनि समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला । रुपैयाँपैसा पनि हराउन सक्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । यात्रामा भने सफलता प्राप्त हुनेछ ।

सिंह – भागदौड बढ्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । तथापि, काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । आरोग्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेमपात्रको सहयोग मिल्नेछ । मिठो भोजन मिल्नेछ ।

कन्या – आय र आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख समृद्धि बढ्नेछन् । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ।

तुला – दिन सामान्य नै छ । पारिवारिक सुख बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ ।

वृश्चिक – आय वृद्धि भए पनि सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । स्वास्थ्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । यात्राको योग छ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । भोगविलासमा रुचि बढ्ला ।

मकर – सुख सम्पन्नता बढ्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ – खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । रसरागमा आकर्षण बढ्ला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नियमकानूनप्रति सचेत रहनुपर्ला ।

मीन – नियमित काममा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । तर लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पूरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । वार्तामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । सांझेदारीको काम बन्नेछ ।