नेताहरूमा सबैभन्दा धनी को ?-रामहरि पाण्डे

नेताहरूमा सबैभन्दा धनी को ?-रामहरि पाण्डे


सबैलाई थाहा छ, राजनीति सेवाका लागि गरिन्छ । तर, नेपालमा राजनीति सेवाभन्दा बढी व्यवसाय बन्ने गरेको छ । राजनीतिमा लागेका मानिस जसको प्रत्यक्ष कमाइ देखिँदैन, तिनको जीवनस्तरमा देखिने भारी परिवर्तनले राजनीति सेवा नभई व्यवसाय बनेको झल्को दिन्छ । जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसके पनि राजनीतिकर्मीहरूले आफ्नो जीवनमा परिवर्तन ल्याएर नेपालमा राजनीति एउटा उन्नत व्यवसाय भएको प्रमाण प्रस्तुत गरेका छन् । राजधानीमा सामान्य एउटा घर मात्र बनाउनु भनेको पनि करोडपति बन्नु हो । तर, राजनीतिकर्मीहरूले राजधानीमा करोडदेखि अर्बौंको सम्पत्ति जोडेका छन् । सङ्कटकाल घोषणा गरेर माओवादीविरुद्ध लड्न तत्पर शेरबहादुर देउवा मात्र होइन दश वर्ष युद्ध लडेर जङ्गलमा बिताएका माओवादी नेताहरूसमेत यतिबेला धनाढ्यको कोटीमा परेका छन् । राजधानीमा घर-घडेरी, स्वदेश र विदेशको बैंकमा नगद मौज्दात र छोराछोरीलाई देश-विदेशका महँगा स्कुल-कलेजमा पढाएको हर्ेदा लाग्छ- नेपालमा कामभन्दा कुरा गर्ने र गफ चुटेकै भरमा खाने व्यवसाय धेरै राम्रोसँग फस्टाएको छ । त्यर्सथ अब खोज्नुपर्ने बेला भएको छ- राजनीतिक ‘उद्योग’ सञ्चालन गरेर सबैभन्दा धनी बन्ने ‘सौभाग्य’ कसलाई प्राप्त भएको छ –
आफ्नो नाममा रहेको सम्पत्ति पार्टीलाई बुझाएर सर्वहारा बनेका कम्युनिस्ट नेताहरूमध्ये अधिकांश खुला राजनीतिमा उत्रिएको केही वर्षमै करोडौँको मालिक बनेका छन् । चितवनमा रहेको करिब पाँच लाखबराबरको सम्पत्ति बेचेर पार्टीलाई बुझाई सर्वहारा बनेका माओवादी अध्यक्ष प्रचण्ड अर्बपतिको जीवनशैली बाँच्दै हुनुहुन्छ । घरजग्गा व्यवसायी कालु गुरुङले उपलब्ध गराएको नयाँ बजारस्थित महलमा बस्दै आउनुभएका प्रचण्डको बसाइ, प्रस्तुति, शौख आदि हर्ेदा कुनै राजा-महाराजाको भन्दा कम देखिँदैन । भूमिगत कालदेखि नै पार्टीलाई एक पैसाको पनि हिसाबकिताब नदेखाई अकुत सम्पत्ति आफैंमा सीमित गर्न सफल प्रचण्डले खुला राजनीतिमा आएपछि झन् धेरै सम्पत्ति लुकाएको उनकै सहयात्रीहरू बताउँछन् । पार्टीका कार्यकर्ताले बुझाएको लेबी, विभिन्न व्यक्तिबाट प्राप्त सहयोग, लडाकुको नाममा राज्यबाट प्राप्त रकम र विदेशबाट प्राप्त राशिमाथि प्रचण्डको एकल नियन्त्रण कायम छ । संविधानसभा भवन अघिल्तिर बन्दै गरेको व्यापारिक प्रयोजनको भवन -मुक्ति टावर)को कानुनी मालिक अजय सुमार्गी भए पनि सक्कली मालिकका रूपमा प्रचण्डकै नाम लिइन्छ । संविधानसभा चुनावअघि कुनै छिमेकी मुलुकबाट प्राप्त रकमको हिसाब पनि प्रचण्डले पार्टीमा देखाउनुभएको छैन । उक्त रकम उहाँले कहाँ लगानी गर्नुभएको छ या राख्नुभएको छ त्यसको अत्तोपत्तो छैन । लडाकुको नाममा जम्मा गरिएको रकमको पनि उहाँले पार्टीमा हिसाब बुझाउनुभएको छैन । पश्चिम नेपालबाट सञ्चालित हुने ‘हेल्लो नेपाल’ टेलिफोन कम्पनीमा पनि लगानी गर्नुभएका प्रचण्डले अजय सुमार्गी, मनोज श्रेष्ठलगायतका व्यापारीलाई माध्यम बनाएर विभिन्न क्षेत्रमा लगानी गर्नुभएको बताइन्छ । माओवादी उच्च स्रोतका अनुसार अन्य नेताहरूसँग नगदभन्दा बढी जिन्सी सामग्री छन् भने अध्यक्ष प्रचण्डसँग नगद तथा जिन्सी दुवै प्रसस्तै मात्रामा रहेको विश्वास गरिन्छ । यद्यपि प्रचण्डले आफ्नो नाममा सम्पत्ति जोडेको नदेखिएकोले उहाँलाई सबैभन्दा धनी नेता भन्न मिल्ने कानुनी स्थिति छैन । तथापि प्रचण्डको जीवनशैली र हिसाबमा अपारदर्शिताका कारण उहाँको छवि अर्बौंको मालिकको जस्तो देखिएको छ । खर्च गर्ने शैली, बसाइ आदिले नेपालको पुँजीपति कम्युनिस्ट नेतामा हाम्रो अध्यक्ष देखिनुहुन्छ भनेर प्रचण्डकै पार्टीका नेता- कार्यकर्ताहरूले समेत भन्ने गरेका छन् ।
सुदूरपश्मिाञ्चलको एक विकट गाउँबाट राजधानी छिरेका र राजधानीलाई नै केन्द्रबिन्दु बनाई राजनीति गर्ने क्रममा अत्यन्त कष्टकर जीवन गुजार्दै आएका काङ्ग्रेस नेता शेरबहादुर देउवा राजनीतिक उद्योगबाटै अर्बपति बन्नुभएको छ । देउवाले बुढानीलकण्ठमा करिब नौ रोपनी जमिनमा ५० करोडभन्दा बढी मूल्य पर्ने घरजग्गा जोड्नुभएको छ । उक्त घरमा देउवा परिवार बस्दै आएको छ । देउवाले ‘यही उद्योग’बाट भैंसेपाटीमा चार अर्बभन्दा बढी मूल्य पर्ने दुई सय ६९ रोपनी र भक्तपुरमा सय रोपनी जमिन जोड्नुभएको छ । देउवाले भैंसेपाटीको जग्गा गोकुल केसी नाम गरेका सेवकको नाममा राख्नुभएको छ । उक्त जग्गालाई हालै घडेरीको रूपमा बिक्री गर्न सुरु गरिएको छ । ०६१ सालमा प्रधानमन्त्री भएको समयमा बेल्जियमबाट हतियार खरिद गर्दा कमिशनबापत प्राप्त एक अर्बभन्दा बढी रकम सिंगापुरको एक बैंकमा राख्नुभएका डडेलधुरा अशिकग्रामका नेता देउवाले कुनै बतास नाम गरेका एक गाडी व्यापारीको माध्यमबाट पोखरास्थित फेवाताल किनारासँग जोडिएको रमाइलो डाँडामा चार वर्षअघि मात्र करिब नौ करोडमा जग्गा खरिद गर्नुभएको छ । देउवाले यी सबै सम्पत्ति ‘राजनीतिक उद्योग व्यवसाय’बाटै आर्जन गर्न सफल हुनुभएको हो तर, देउवा आफ्नो सबै सम्पत्ति ससुरालीबाट पाएको दाइजो तथा श्रीमतीको कमाइ भएको स्पष्टीकरण दिँदै हिँड्ने गर्नुहुन्छ । स्मरणीय छ, देउवाको ससुरालीको पृष्ठभूमिबारे इतिहासकार पुरुषोत्तमशमशेर जबराले आफ्नो पुस्तकमा स्पष्ट गर्नुभएको छ ।
राजनीतिक व्यवसायबाट देउवाले यति धेरै सम्पत्ति जोड्न सफल हुनुभएको देखिन्छ तर, त्यही पार्टीका सभापति सुशील कोइराला भने आर्थिक रूपमा अत्यन्तै दर्ुबल, इमानदार र निष्कलङ्कित नेताको रूपमा चिनिनुहुन्छ । कोइरालाको राजधानीमा कतै जग्गा-जमिन र घर छैन । उहाँ भाडामा उपलब्ध गराइएको महाराजगञ्जस्थित एक घरमा आफ्नो गुजारा चलाउँदै हुनुहुन्छ । कोइरालालाई नजिकबाट चिन्नेको भनाइमा उहाँको पनि नेपालगञ्जमा पुख्र्यौली घर र थोरै जमिनबाहेक केही छैन । सुरुका दिनमा जस्तो आर्थिक हैसियतमा राजधानी छिरेका थिए अहिले पनि कोइरालाको त्यही अवस्था छ । तर, सम्पत्ति नबढे पनि उनको छवि र जनतामाझको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ । काङ्ग्रेसका अर्का नेता शेखर कोइराला बसुन्धरास्थित एक कोलोनीमा निर्माण गरिएको एक महलमा बस्नुहुन्छ । काङ्ग्रेसभित्र देउवापछि धेरै सम्पत्ति भएका नेताको रूपमा शेखरलाई नै लिने गरिन्छ । काङ्ग्रेसको एक केन्द्रीय नेताका अनुसार स्वर्गीय गिरिजाप्रसाद कोइराला शक्तिकेन्द्रमा रहिन्जेल सबैभन्दा शक्तिशाली महिलाको भूमिकामा नोना कोइरालालाई लिइन्थ्यो । नोनाको मृत्युपछि उनको सबै सम्पत्तिको बलियो हकदार शेखर हुन पुगे र धरानस्थित बीपी केआईएचएसमा रहँदा पनि उनले निकै ठूलो कमाइ गरेको बताइन्छ । त्यस्तै यदाकदा पार्टीका नाममा विदेशबाट प्राप्त चन्दा-सहयोगमा पनि शेखरले लामो हात गर्ने मौका पाउँदै आएका थिए । उनले भारतको चियाबगान र होटल व्यवसायमा ठूलो धनराशि लगानी गरेका छन् । हाल काङ्ग्रेसको महामन्त्रीसमेत रहेका झापाका कृष्ण सिटौला सुडान काण्डमा डामिएका व्यक्ति हुन् । उनले पनि भारतको चियाबगानमा ठूलो लगानी गरेको बताइन्छ । तर, उनी नेपालमा भने भाडाको घरमा बस्ने गर्दछन् । काङ्ग्रेस नेता रामचन्द्र पौडेलले राजधानीको बोहोराटारमा एक बासस्थान निर्माण गर्नुभएको छ । यसबाहेक पौडेलको अन्य कुनै कमाइ देखिएको छैन र काङ्ग्रेसमा उहाँलाई स्वच्छ छविको नेताका रूपमा लिइन्छ ।
काङ्ग्रेस महासचिव प्रकाशमान सिंहको पुख्यौली सम्पत्ति प्रसस्तै देखिन्छ ठमेलको चाक्सीबारीमा । पुख्र्यौली सम्पत्तिकै आधारमा आफू राजनीतिमा रहिरहन सफल भएको नेता सिंह बताउनुहुन्छ । काङ्ग्रेसमा धनी नेताहरूको सूचीमा पर्नुहुने सिंहले पर्यटन क्षेत्रमा लगानी गर्नुभएको छ । हाल राजनीतिमा त्यति चर्चामा नरहेका बलबहादुर केसीको उपत्यकामा चारवटा घर छन् । टंगाल हाँडीगाउँ, विशालनगर, कपन र सरस्वतीथानमा घर रहेका केसीको आम्दानीको स्रोत अहिलेलाई घरभाडा बनेको छ । बालकृष्ण खाँडको काठमाडौं र रूपन्देहीमा गरेर चारवटा घर छन् भने सय तोलाभन्दा बढी सुन रहेको गत वर्ष सिँचाइमन्त्री हुँदा पेस गरेको सम्पत्ति विवरणमा उल्लेख छ । खुमबहादुर खड्का, रामशरण महत, प्रकाशशरण महत, अर्जुननरसिंह केसी, नरहरि आचार्य, चित्रलेखा यादव, मीनेन्द्र रिजाल, गगन थापा, सुजाता कोइराला, महेश आचार्यलगायत अधिकांश केन्द्रीय नेताको राजधानीमा करोडमाथि पर्ने निवासस्थान छ भने तीमध्ये केहीले बैंक, स्कुल, कलेज, होटलजस्ता क्षेत्रमा लगानी गरेका छन् । ट्रक व्यवसाय गर्ने काङ्ग्रेस नेता गोपालमान श्रेष्ठको पनि राजधानीमा महल बनेको छ, तर उहाँ प्रायः भाडाकै घरमा बस्दै आउनुभएको छ । उहाँहरूमध्ये डा. रामशरण महत, अर्जुननरसिंह केसी, लक्ष्मणप्रसाद घिमिरे र नरहरि आचार्यले निकै पहिले नै घर बनाउनुभएको हो ।
पार्टीभित्र र बाहिर स्वच्छ छवि बनाएका एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईको नाममा पनि राजधानीमा कतै घर-जमिन देखिँदैन । प्रधानमन्त्री भएपछि पेस गरेको सम्पत्ति विवरणमा उनले गोर्खाको खोप्लाङमा दुई रोपनी पैतृक सम्पत्ति, सभासद् हुँदा पाएको तलबबाट बचाएर बंैकमा आफ्नो नाममा चार लाख रुपैयाँ र पत्नी हिसिला यमीको नाममा रहेको काठमाडौंको घर बेचेर छोरी मानुषीको नाममा १० लाख रुपैयाँ बैंकमा राखेको र उक्त रकम अझै रहेको उल्लेख गर्नुभएको छ । बाबुरामले आफ्नो सम्पत्ति यति मात्र रहेको विवरण खुलाए पनि पत्नी यमीले काभ्रेको बनेपामा दुई सय रोपनीभन्दा बढी जमिन खरिद गर्नुभएको छ । आफन्तको नाममा राजधानीमा जमिन खरिद गर्नुभएकी यमी राजधानीमै निजी घर किन्ने तयारीमा जुट्नुभएको बताइन्छ । माओवादीका एक नेता भन्छन्, ‘बाबुरामले राजनीतिलाई व्यापार बनाएर पैसा असुल्छन् भन्दा पत्याइँदैन तर, हिसिलाले पैसा खाँदिनन् भनेर जतिपटक भने पनि कसैले पत्याउँदैनन् ।’ ती नेताका अनुसार पति बाबुराम प्रधानमन्त्री भएपछि त हिसिलाले आफ्नो आम्दानी चौगुणा बढाउनुभएको छ र, उहाँ पैसाको बाहेक अरू कुनै कुरा गर्नुहुन्न ।’ माओवादी युवा नेता तथा अर्थमन्त्री वर्षमान पुन खुल्ला राजनीतिमा आएको केही वर्षमै करोडपति बन्नुभएको छ । पुनले ललितपुर र काठमाडौंमा जमिन खरिद गर्नुभएको छ भने एकान्तकुनामा घर किन्नुभएको माओवादीका एक नेता बताउँछन् । एकान्तकुनाको घरमा बस्दै आउनुभएका पुनले सञ्चार, बैंकिङ तथा वित्तीय संस्थामा लगानी गर्नुभएको माओवादी सूत्र बताउँछन् । कृष्णबहादुर महरा, सीपी गजुरेल, अमिक शेरचन, लीलामणि पोखरेललगायत अधिकांश माओवादी नेताले राजधानीमा महल ठड्याएका छन्, तर महराले आफू बसेको घरलाई भाडाको भएको बताउँदै आएका छन् । माओवादी नेतृ पम्फा भुसालले भने भूमिगत राजनीतिमा लाग्नुअघि नै ललितपुरको कुपन्डोलमा भवन बनाइसक्नुभएको थियो । त्यस्तै, लीलामणि पोखरेलको पनि धेरै अघि नै कोटेश्वरमा घर बनेको हो । खुला राजनीतिमा आएपछि राजनीतिक उद्योगबाटै रोडपति नेताहरू करोडपति बनेका छन् । राजधानी वा जिल्ला सदरमुकाममा घर-घडेरी खरिद गरेका छन् । पार्टीका धेरै नेताले राजनीतिलाई व्यापार बनाएको आर्थिक रूपमा केही पारदर्शी मानिनुहुने नेता हरिभक्त कँडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘आफ्नो आङ कन्याएर आफैं किन धुलो झार्ने – माओवादीका अधिकांश नेता कमाउनेतिर लागेका छन्, यो तपाईं आफैं पत्ता लगाएर लेख्नुस् ।’
भूमिगत राजनीति त्यागी खुला राजनीतिमा आएपछि माओवादी नेताहरूले जस्तै तत्कालीन माले तथा हाल एमालेका नेताहरूले पनि राजधानीमा जग्गा किनेको र घर बनाएको देखिन्छ । आफ्नो सम्पत्ति पार्टीलाई बुझाएर आफूलाई माओवादीले झैं सर्वहाराकरण गरेका तत्कालीन मालेका नेताहरू ०४७ को क्रान्तिको सफलतापछि रातारात करोडपति बने । त्यसअघिसम्म उनीहरूको न कुनै व्यवसाय थियो न देखिने कुनै कमाइ, बरु सबै छिँडीको कोठामा कष्टप्रद जीवन गुजार्ने गर्दथे । कोठाभाडा तिर्न नसक्दा कोठामा रहेको सामान छाडेर भाग्नुपरेको सगर्व बताउने अधिकांश नेताको यतिबेला राजधानीमा भव्य र करोडमाथि पर्ने महल छ । महल बनाउने नेताहरूको आम्दानीको देखिने स्रोत केही छैन र भन्ने गर्छन्, ‘मेरो त के छ र मेडमको कमाइले यो गौंथलीको गुँडजत्रो घर बनाएको हुँ ।’ एमाले नेता मोदनाथ प्रश्रतिले अन्य कम्युनिस्ट नेताले भन्दा पहिले घर बनाउँदा धेरैले कम्युनिस्ट नेता कमाउनतिर लागेको भन्दै आलोचना गरे पनि नेता प्रश्रतिले त्यसको बचाउ गर्दै आफ्नो महललाई गांैथलीको गुँड बताउनुभएको थियो । तर, पछि प्रश्रतिको सिको गर्दै एमालेका अधिकांश नेताले राजधानीमा जग्गा खरिद गरी घर बनाउन थाले । आजसम्म लाभको पदमा नपुगेका एमाले नेता रूपनारायण श्रेष्ठले राजधानीको मुटु मानिने बिजुलीबजारमा बीस करोडभन्दा माथि मूल्य पर्ने व्यापारिक महल बनाउनुभएको छ । राजनीतिबाहेक अन्य पेसा नभएको बताउनुहुने श्रेष्ठ राजनीतिसँगै ठेक्कापट्टा र घरजग्गा खरिद-बिक्रीका काम गर्नुहुन्छ । त्यस्तै, आम्दानीको देखिने स्रोत नभएका एमाले उपाध्यक्ष वामदेव गौतमले भैंसेपाटीमा आलिशान महल बनाउनुभएको छ । गौतमको महलको मूल्य पनि बीस करोडभन्दा माथि पर्ने एमाले नेताहरू बताउँछन् । गौतमको बरि्दयामा घर र प्रसस्तै जमिन छ भने बैंक तथा सहकारी क्षेत्रमा पनि उहाँले लगानी गर्नुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले कोटेश्वरमा घर बनाउनुभएको छ भने रौतहटमा पनि प्रसस्तै जग्गाजमिन जोड्नुभएको छ । पैसाको मामिलामा कडा नै देखिनुहुने नेपाल कम खर्च गर्ने नेतामध्येमा पर्नुहुन्छ । उहाँले विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा पनि लगानी गर्नुभएको छ भने श्रीमती गायत्री बंैकमा जागिरे । नेता केपी ओलीले भक्तपुरको बालकोटमा करिब डेढ रोपनी क्षेत्रफलको जग्गामा घर बनाउनुभएको छ । ओलीको हाल आम्दानीको कुनै स्रोत छैन । आम्दानीको स्रोत नभएका ओलीकी श्रीमती नेपाल राष्ट्र बैंकमा काम गर्नुहुन्छ ।
एमालेका अध्यक्ष झलनाथ खनाललाई पनि राजनीतिक व्यवसाय राम्रोसँग फापेको देखिन्छ । खनालको डल्लुमा भव्य महल छ भने इलामको साखेजुङमा प्रसस्तै जमिन खरिद गर्नुभएको छ । खनालले हाइड्रोपावर, सहकारी, बैंक, एफएम रेडियो र होटलजस्ता क्षेत्रमा लगानी गर्नुभएको खनाल निकट नेताको भनाइ छ । एमालेमा खनाललाई धनी नेताको रूपमा लिने गरिन्छ । अर्का उपाध्यक्ष अशोक राईको शंखमूलमा एक भव्य घर छ । उक्त घरमा राईले ‘स्वप्न बाटिका’ नामक स्कुल सञ्चालन गर्नुभएको छ । स्कुल, कलेज, वित्तीय क्षेत्रमा लगानी गर्नुभएको राईले खोटाङमा पनि प्रसस्तै जमिन जोड्नुभएको छ । महासचिव ईश्वर पोखरेलले धुम्बाराहीमा भव्य महल ठड्याउनुभएको छ । ओखलढुङ्गामा समेत प्रसस्तै जमिन जोड्नुभएका पोखरेलले पनि विभिन्न क्षेत्रमा लगानी गर्नुभएको छ । स्मरणीय छ, पोखरेललाई अठार वर्षअघिसम्म एमालेको सबैभन्दा गरिब नेताका रूपमा लिइन्थ्यो । सचिव शंकर पोखरेलले कोटेश्वरमा चारतले घर बनाउनुभएको छ । दाङका जमिनदार नेताको रूपमा चिनिनुहुने पोखरेलको पनि विभिन्न क्षेत्रमा लगानी रहेको निकटस्थहरूको भनाइ छ । अर्का सचिव विष्णु पौडेलले पनि केही वर्षअघि मात्र भैंसेपाटीमा घर बनाउनुभएको छ भने विभिन्न क्षेत्रमा लगानी पनि गर्नुभएको छ । प्रदीप ज्ञवाली र प्रदीप नेपालको पनि राजधानीमा घर छ । नेपालले स्कुल नै सञ्चालन गर्नुभएको छ र आम्दानीको स्रोत पनि त्यही स्कुल भएको बताइन्छ । देखिने आम्दानी केही नभए पनि अमृत बोहोराले स्वयम्भू र केशव बडालले चाबहिलमा घर बनाउनुभएको छ । भरतमोहन अधिकारीले राजधानीमा भवन बनाउनुभएको छैन । तर, छोरीका नाममा प्रसस्तै जमिन खरिद गर्नुभएको छ । कृष्णगोपाल श्रेष्ठ उपत्यकाका पुराना बासिन्दा हुन् उनको पनि प्रसस्तै जमिन र घर छ राजधनीमा । नेता भीम रावलको पनि काठमाडौंमा राम्रै घर छ । उहाँको अछाममा ३५ रोपनी जग्गा, १५ तोलाभन्दा बढी सुन, तीन लाखभन्दा बढी बैंक ब्यालेन्स रहेको गृहमन्त्री हुँदा सरकारलाई बुझाएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । विद्यार्थी कालमा यिनी पनि गरिब नेतामा गणना हुन्थे ।
लोतकन्त्र प्राप्तिपछि नियमितजस्तो मन्त्री बनेका विजयकुमार गच्छदारको विराटनगर, सुनसरीको भलुवा गाविसमा जमिन र घर छ । त्यस्तै ललितपुरको बुङमतिमा १३ आना जग्गा, टोयटा गाडी, ९१ तोला सुन र तीन सय तोला चाँदी तथा विभिन्न बैंकमा ३० लाखभन्दा बढी नगद रहेको सरकारलाई बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ । गच्छदारले त्यसबाहेक भारतीय कम्पनीहरूमा लगानी गर्नुभएको बताइन्छ । त्यस्तै शरतसिंह भण्डारीको पनि राजधानीको भैंसेपाटीमा आलिशान महल छ । महोत्तरी, बरि्दबासमा प्रसस्तै जमिन र घर भएका भण्डारीको बैंक, हस्पिटल, कलेज, पेट्रोलपम्पमा लगानी रहेको बताइन्छ । भण्डारीले भारतका विभिन्न कम्पनीमा पनि लगानी गर्नुभएको छ । जितेन्द्रनारायण देवको पनि राजधानीको डल्लु र राजविराजमा भव्य घर तथा जमिन छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने राजधानीमा घर नबनाए पनि घडेरी किन्नुभएको छ । यादवले सुनसरी, विराटनगर, भारतको पटनामा घर तथा भारतमै होटल सञ्चालन गर्नुभएको छ । हृदयेश त्रिपाठीले भैंसेपाटीमा घर तथा करिब दुई सय तोला सुन, गाडी रहेको मन्त्रिपरिषद्मा सम्पत्ति विवरण पेस गर्नुभएको छ । त्यस्तै दानबहादुर कर्ुर्मीसँग पनि सय तोला सुन, दुई सय तोला चाँदी तथा काठमाडौंमा जग्गा रहेको बताउनुभएको छ । जेपी गुप्ताको राजधानीको सिनामंगल, सप्तरी र विराटनगरमा घर छ । साथै विभिन्न क्षेत्रमा लगानी रहेको देखिएको छ । राजेन्द्र महतोको काठमाडौंमा दुईवटा घर तथा वाँणभञ्ज्याङ गाविसमा दुई रोपनी जग्गा राजनीतिक व्यवसायबाटै आर्जन गरेको देखिन्छ । महतोले र्सलाहीका विभिन्न स्थानमा जग्गा तथा घर, ९५ तोला सुन, तीन किलो चाँदी, विभिन्न बैंकमा १० लाखभन्दा बढी नगद र तीनवटा गाडी सम्पत्ति विवरणमा देखाएका छन् ।
राजनीतिलाई उद्योग/व्यवसाय बनाएका अधिकांश नेताको सम्पत्तिलाई हेर्ने हो भने नेपालमा सबैभन्दा धनी नेता शेरबहादुर देउवा र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिन्छन् । यी दुवै नेताले राजनीतिबाहेक आर्यआर्जन हुने प्रत्यक्ष काम गरेको देखिँदैन । देउवा र प्रचण्डको सामान्य सम्पत्ति विवरण हेर्ने हो भने उहाँहरू नेपालकै धनी नेताको रूपमा देखा पर्नुहुन्छ । पार्टीमा सुशील कोइराला, मोहन वैद्यजस्ता आर्थिक रूपमा अत्यन्तै दर्ुबल नेताहरू पनि देखिन्छन् । सम्पत्ति भएर पनि छैन भन्नेहरू पनि नेपाली राजनीतिक उद्योगमा धेरै छन्, उदाहरणका लागि काङ्ग्रेस नेता महेश आचार्य र एमाले महासचिव ईश्वर पोखरेललाई लिए पुग्ने तिनै दलका नेताहरू बताउँछन् । उनीहरूका अनुसार नेता आचार्य र पोखरेलले ‘मण्डी ओढेर घ्यु खाने’ नेताको उपाधि नै पाएका छन् । त्यस्तै मधेसलाई केन्द्रबिन्दु बनाएर राजनीति गर्ने विजयकुमार गच्छदार, शरतसिंह भण्डारी, राजेन्द्र महतो, महेन्द्र यादव सबैभन्दा बढी बद्नाम नेताको रूपमा चिनिनुहुन्छ भने तमलोपाका नेता महन्थ ठाकुर ‘क्लिन नेता’का रूपमा चिनिनुहुन्छ । आर्थिक विचलनसँग जोडेर आजसम्म महन्थको नाम कतै आएको छैन । त्यस्तै काङ्ग्रेसमा ‘मिस्टर क्लिन नेता’का रूपमा सुशील कोइरालालाई लिएजस्तै माओवादीमा उपाध्यक्ष मोहन वैद्य -किरण), रामबहादुर थापा -बादल) लगायतलाई लिइन्छ । उहाँहरूले पैसाका लागि राजनीति गरेको आजसम्म ठानिएको छैन र दैनिक खर्च पार्टीले नै व्यहोर्दै आएको छ । युवा पुस्ताका नेता पूर्णबहादुर खड्का पनि स्वच्छ छविका र कुनै कमाइ नगर्ने नेताको कोटिमा पर्नुहुन्छ । पटक-पटक मन्त्री भएका खड्का अहिलेसम्म भाडाको घरमा बस्नुहुन्छ र उहाँसँग राजधानीमा जग्गा-जमिन रहेको पनि देखिँदैन । त्यस्तै नेता डा. शशांक कोइरालाले पनि राजनीतिलाई व्यवसाय बनाउनुभएको देखिँदैन । यस्ता केही नेताले राजनीतिलाई सेवाको रूपमा प्रयोग गर्न खोजेका भए पनि अधिकांशले राजनीतिलाई व्यवसाय बनाएका छन्, त्यसैले कुनै सन्दर्भमा कुनै फारम भर्नुपर्दा पेसा भनिएका ठाउँमा उनीहरूमध्ये सबैजसोले ‘राजनीति’ लेख्ने गरेका छन् ।