११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँको विकास होस्

११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँको विकास होस्


बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् ।

मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको शुभारम्भ गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । देशमा बलियो व्यवस्था र गाउँठाउँको विकास होस् भनेर मतदान गरेको वृद्धा भट्टको भनाइ छ ।

बैतडीमा ४४० जनप्रतिनिधि छान्‍नका लागि मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ ।