स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १४ जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा परी ज्यान गुमाउनेमा वालिङ-१४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, सोही ठाउँका नौ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवर छन् ।
हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया