पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि


निर्वाचनलगत्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने सरकारको तयारी रहेको पूर्वानुमानबमोजिम नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

निगमले डिजेल, पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल लिटरको १७० र डिजलको १५४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

शनिबार रातिदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।