ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् ।
पछिल्लो मतगणनाअनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएका छन् ।
महानगरको १ नम्बर वडा कुपण्डोलको मत गणना भइरहदा नरसिंह व्यञ्जनकारले ५ सय १५ मत ल्याएका छन् । कांग्रेसले यस वडामा ३ सय ४४ मत पाउँदा एमालेका उम्मेदवारले ३ सय मत ल्याएका छन् । मतगणना जारी छ ।
प्रतिक्रिया