अब उपयोग हुने पालो कसको ?

अब उपयोग हुने पालो कसको ?


युवावस्था भावनाप्रधान हुन्छ भने परिपक्वता मस्तिष्क अर्थात् बुद्ध्रि्रधान । वनस्पतिले किशोरवयमा आकाश ताकिरहँदा उसले आफ्नो सीमा कहाँसम्मको हो भन्ने बुझन नसकेझैं युवा मस्तिष्कले पनि सपना र कल्पनाको संसारमा डुबुल्की मारिरहँदा आफूलाई वास्तविक र व्यावहारिक संसारबाट धेरै टाढा पुर्‍याएको हुन्छ । बुद्ध्रि्रधान जीवनमा प्रवेश गर्नुअघिको भावनाप्रधान जिन्दगीमा युवाहरूको कोमल हृदयलाई जसले जसरी प्रयोग गर्न चाह्यो त्यसरी नै प्रयोग गर्न सकिन्छ । माओवादीहरूले साम्यवादको सपना देखाएर हज्जारौं युवालाई प्रयोग गरे, कतिले ज्यान गुमाए, बाँचेकाहरू साम्यवाद होइन सिपाही-हवल्दारको जागिर पाउन पालो कर्ुर्दै छन् । दश वर्ष ज्यान जोखिममा राखेर लडेबापत केहीले वारि्षक एक लाखभन्दा कम दरको पारिश्रमिक बुझेर सामान्य जीवन बिताउने निधो गरेका छन् । लडाइँ अझै जारी छ र पुनः लड्नुपर्छ भन्दै बाहिर निकालिएका या निस्किएका युवाहरू ‘वाईसीएल’ नामको परिचयमा सकसपूर्ण जीवन जिउन विवश छन् । उनीहरू सिपाही-हवल्दारको जागिर पाउनबाट मात्र होइन हिजो लडाइँ लडेबापत आज राज्यबाट पाउने कुनै पनि सेवा-सुविधाबाट वञ्चित छन् । यर्सथमा प्रचण्डहरूबाट यस देशका युवाहरू निहित राजनीतिक स्वार्थका निम्ति उपयोग भए भन्न सकिन्छ । देशका युवालाई हिंसात्मक क्रियाकलापका निम्ति यसअघि अरू कसैले पनि एकसाथ यसरी उपयोग गर्न सकेका थिएनन् ।
माओवादीबाट त्यसपछि उपयोग हुन पुगेका विभिन्न जातीय, भाषिक र क्षेत्रीय समुदाय हुन् । माक्र्सवाद, लेनिनवाद र माओवादका जटिल सूत्रहरू बुझ्न सक्ने क्षमता सायद तिनमा थिएन । त्यसैले उनीहरू हरेक समुदायलाई राज्य दिने प्रलोभन दिँदै माओवादी युद्धमा सरिक गराउन सफल भएका थिए । नेपाल देश माओवादीको एकलौटी बिर्ता थिएन र तिनका नेताहरू परमेश्वरका दूत पनि थिएनन् जसलाई देशको अंशवण्डा गरिदिने अधिकार होस् । युद्धमोर्चामा लडाउन राज्य उपलब्ध गराइने प्रलोभन त उनीहरूले दिए, अब तिनलाई साँच्चैको राज्य ‘टक्य्राउन’ मुस्किल पर्दै छ । सयभन्दा बढी जातीय समुदाय रहेको नेपालमा माओवादीले मगर, गुरुङ, तामाङ र मधेसी समुदायलाई युद्धकार्यमा विशेष रूपले उपयोग गर्‍यो र तिनलाई राज्य दिने विश्वास पनि दिलायो । तर, अहिले ती सीमित जाति वा समुदायको नाममा मात्र राज्य उपलब्ध गराउन जति मुस्किल छ त्योभन्दा बढी हरेक जाति या समुदायका नाममा राज्यको सीमाङ्कन गर्न कठिनाइ छ । जातिगत नामको काल्पनिक राज्य समितिमा अर्कै क्षेत्र या जातका मानिसलाई ‘कमाण्डर’ चयन गरेर माओवादीले जातीय राज्यको अवधारणा नाम मात्रको भएको सन्देश दिन त खोजेको हो, तर दिन खोज्नेले जे बुझेका भए पनि लिन खोज्नेले अर्कै बुझे, उनीहरू आफैं सर्वोपरि रहने राज्य प्राप्त गर्न इच्छुक र उत्साहित हुन पुगे । यसरी माओवादीले उपयोग गरेका जातीय एवम् भाषिक र क्षेत्रीय समुदायहरू उनीहरूबाट उपयोग हुने अर्काथरीमा परेका छन्, जसलाई युद्धकालमा देखाइएको सपना वर्तमान, भविष्य र वास्तविकतामा पूरा हुन मुस्किल छ । जे होस्, उनीहरू पनि एक कालखण्डमा माओवादीबाट राम्रैसँग उपयोग हुनेमा परेका छन् । माओवादीले सुरक्षा निकाय, निजामती कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न भूमिकामा रहेका नागरिक समाजका अगुवा, व्यापारी, उद्यमी, कूटनीतिज्ञ आदि सबैलाई आवश्यकताअनुरूप आफ्नो पक्षमा उपयोग गरेका हुन् र अझै गरिँदै छ । ०६२ सालदेखि माओवादीले कृष्ण सिटौला र शेखर कोइरालाहरूमार्फत गिरिजाप्रसाद कोइराला र कोइरालामार्फत नेपाली काङ्ग्रेस तथा सिङ्गै प्रजातान्त्रिक आन्दोलनलाई नै आफ्नो पक्षमा उपयोग गर्ने रणनीति प्रचण्डहरूले बनाएका हुन् । यसक्रममा प्रचण्ड छिमेकी मित्रराष्ट्रलाई समेत चक्मा दिन सफल भए । दशवर्षो युद्धकालको आठ वर्ष भारतमा बिताएका र भारतकै सदासयताका कारण प्रजातान्त्रिक शक्तिहरूसँग मिलापत्र गरी मूल राजनीतिक प्रवाहमा सामेल भएर आफ्नो भूमिका निर्वाह गर्ने मौका पाएका प्रचण्डहरूबाट निश्चित बिन्दुमा पुगेपछि धोखा हुनसक्नेबारे मित्रराष्ट्रका अधिकारीहरूले सोच्न सकेनन् । शक्तिराष्ट्रका रूपमा उदीयमान आफूहरूलाई माओवादीले उपयोग गर्नसक्ने ती अधिकारीहरूले सायद कहिल्यै सोच्दै सोचेनन्, तर माओवादीले व्यवहारतः सबै किसिमका शक्तिलाई आवश्यकता र परिस्थितिअनुरूप उपयोग गर्नसक्ने क्षमता आफूमा रहेको प्रमाणित गर्‍यो । भलै मित्रराष्ट्रसँग खेलवाड गर्नुको परिणाम उसले भविष्यमा भोग्दै गर्ला, तर एक कालखण्डमा उनीहरूले मित्रराष्ट्रलाई समेत चक्मा दिनसक्ने क्षमता प्रस्तुत गरेको यथार्थलाई स्वीकार गर्नुपर्छ । प्रचण्डहरूले तात्कालिक राजाहरू वीरेन्द्र र ज्ञानेन्द्रलाई पनि उपयोग गर्ने प्रयास गरेका हुन् र कुनै न कुनै रूपमा राजाहरू माओवादीबाट उपयोग भएका पनि हुन् । माओवादी बहुदलीय प्रजातान्त्रिक संसदीय प्रणाली ध्वंश गर्न चाहन्थ्यो र राजाहरू पनि बहुदलीय प्रणालीप्रति सकारात्मक थिएनन् । खासगरी काङ्ग्रेस र त्यसपछि एमालेलाई कमजोर तुल्याइँदा बहुदलीय प्रजातान्त्रिक प्रणाली नै सङ्कटमा पर्ने विश्वास तात्कालिक राजाहरू र माओवादी दुवै शक्तिमा थियो । त्यसैले काङ्ग्रेस-एमालेलाई कमजोर तुल्याउँदै बहुदलीय प्रजातान्त्रिक प्रणालीलाई असफल प्रमाणित गर्ने खेलमा माओवादी र दरबार आ-आफ्नै रणनीतिक योजनाका साथ सक्रिय थिए । प्रजातन्त्र सकिँदा राज्य आफ्नो हातमा आउने विश्वास राजाहरूमा जति हुनसक्थ्यो त्योभन्दा बढी विश्वास माओवादी नेतृत्वलाई थियो । राजाहरूबाट आफूहरू उपयोग भइरहेको अभिनय गर्दै वास्तवमा माओवादीले दरबार र दरबारिया शक्तिलाई मज्जैले उपयोग गर्‍यो । दरबारले माओवादीको नियत सम्भवतः ०६५ साल जेठ १५ गते संविधानसभाबाट गणतन्त्र घोषणा भएपछि मात्र राम्रोसँग बुझेको हुनुपर्छ । मित्रराष्ट्रले कुन बिन्दुमा पुगेपछि माओवादीलाई सम्पूर्ण रूपमा बुझने हो बस् प्रतीक्षा त्यसको हुँदै छ ।
माओवादी पार्टीमा आबद्ध मानिस पार्टी, क्रान्ति र आफ्नो आदर्शप्रति सदा इमानदार छन्, प्रायः रहन्छन् । क्रान्ति र पार्टीका निम्ति गरिने जुनसुकै कोटिका कर्मलाई पनि जायज मानिने हुँदा कतिपय मानिस माओवादीका नेता-कार्यकर्ता बदलिएको या बिग्रन थालेको अर्थ पनि यतिबेला लगाउँदै छन् । जुनसुकै दृष्टिले जतिसुकै ‘बिग्रिए पनि’ एउटा ‘असल’ कम्युनिस्ट आफ्नो पार्टीको नाममा अधिनायकवादी शासन सत्ता स्थापना गर्ने चाहनाबाट कहिल्यै स्खलित र विचलित हुँदैन । त्यसैले माओवादीका नेता-कार्यकर्ताहरू यतिबेला जो जुन चरित्र र भूमिकामा देखापरेका भए पनि उनीहरू पार्टीको एकलौटी सत्ता स्थापना गर्ने आकाङ्क्षा र ‘आदर्श’बाट किञ्चित विचलित भएका छैनन् । प्रचण्ड र मोहन वैद्यको मिलाप र विलाप पनि त्यही अधिनायकवादी शासनसत्ता स्थापना गर्ने ‘आदर्श’कै वरिपरि फन्को मारिरहेको छ ।
विद्यमान विश्व परिवेशमा माओवादीले कर्मचारी, सुरक्षाकर्मी, विभिन्न दलका नेता-कार्यकर्ता र मित्रराष्ट्रलाई समेत उपयोग गर्दै यहाँसम्म आइपुगेको भए पनि अर्को छिमेकी राष्ट्र चाइनासँगको मित्रता भने उनीहरूको अन्तिम गन्तव्य हो । माओवादी नेतृत्व दर्बिलो अन्तर्राष्ट्रिय शक्तिको छत्रछायामा आफ्नो गतिविधिलाई संस्थागत र सुरक्षित तुल्याउन चाहन्छ । प्रजातान्त्रिक मुलुक भारत, अमेरिका, ब्रिटेन या जापान आफ्नो दर्ीघकालीन मित्र हुन सक्दैन भन्ने यथार्थलाई पनि माओवादीले धेरै राम्रोसँग बुझेका छन् । प्रजातान्त्रिक प्रणालीप्रति असहमत चाइना र माओवादी वैचारिक दृष्टिले समेत एकै ठाउँमा छन् । राजतन्त्रको अवशानपश्चात् नेपालमा भरपर्दो स्थायी मित्रको खोजीमा रहेको चाइना र सबलाई उपयोग गर्दै सत्ता-राजनीतिको केन्द्रमा आइपुगेपछि अन्तर्राष्ट्रिय संरक्षकत्व प्राप्त गर्न तड्पिएको माओवादीको सम्बन्ध ‘कलम र बिर्को’ जस्तो हुन पुगेको छ । चाइनाका निम्ति काङ्ग्रेस, एमाले र मधेसकेन्द्रित दलहरूभन्दा माओवादी नै तुलनात्मक रूपमा भरपर्दो हुनसक्ने र माओवादीका निम्ति पनि चीनबराबरको मित्र अरू कोही हुन नसक्ने भएकोले चाइनालाई माओवादीले उपयोग मात्र गर्नेभन्दा पनि स्थायी मित्र बनाएर अघि बढ्ने सोचअनुरूपको व्यवहार गर्न सक्दछ । यस आधारमा माओवादीका निम्ति चाइना अनेक दृष्टिले ‘डेस्टिनेसन’ बन्न पुगेको अर्थ लगाउँदा गलत हुनेछैन ।
जीवनभन्दा गन्तव्य महान् भन्ने विचार-मान्यता दिल-दिमागमा सेट हुन पुग्यो भने त्यस्तो मानिस गन्तव्य प्राप्तिका निम्ति सम्पूर्ण रूपले समर्पित हुन्छन् । भौतिकवादी कम्युनिस्ट माओवादीले झैं आध्यात्मिक एवम् धार्मिक समुदायले पनि मानिसलाई मृत्युको भयबाट मुक्त गर्ने प्रयास गरेका हुन्छन् । यस कोणबाट हर्ेदा कथित साम्यवाद प्राप्तिको गफ दिने माओवादी कम्युनिस्ट र स्वर्गप्राप्तिको सपना देखाउने धार्मिक सम्प्रदाय एवम् परमात्मामा विलीन हुने अभीष्ट बोकेका अध्यात्मवादीहरूको र्समर्पणभावमा समानता देखिन्छ । जसरी एक धर्मप्रेमी स्वर्गप्राप्तिका लागि जुनसुकै कर्म-अकर्म गर्न चाहन्छ, त्यसैगरी साम्यवाद प्राप्तिको नसामा लठ्ठएिका शास्त्रीय कम्युनिस्टहरू पनि गन्तव्यका निम्ति जुनसुकै कर्म गर्न हिचकिचाउँदैनन् । पार्टी र क्रान्तिका निम्ति झुट बोल्नु, कसैलाई प्रयोग या उपयोग गर्नु, हिंसा गर्नु, चोरी, डकैती र कुनै पनि आपराधिक क्रियाकलाप गर्नु एउटा कम्युनिस्ट क्रान्तिकारीको निम्ति सामान्य धर्म हुन जान्छ । काङ्ग्रेस-एमालेका कार्यकर्तालाई हिंसाको सिकार बनाइरहँदा प्रसन्न हुनेहरू सायद गणतन्त्रको घोषणापछि खिन्न भए । समयाक्रममा चाइनाबाहेक बाँकी सबैले खिन्नता महसुस गर्नुपर्ने अवस्था सिर्जना भएछ भने पनि आर्श्चर्य मान्नुपर्ने छैन । शान्ति र संविधान निर्माणको नाम जप्दै आफूहरूको नेतृत्वमा सरकार बनाउन माओवादीहरू जुन प्रकारको सम्झौता गर्न राजी भएका थिए, सत्ताप्राप्तिपछि तिनै सम्झौताको अवमूल्यन गर्न उनीहरू हिचकिचाएका छैनन् । छिमेकी मित्रराष्ट्र भारतको सद्भाव प्राप्त गर्दै सत्तामा जाने र सत्ताप्राप्तिपछि प्राप्त सत्तालाई अधिनायकवादमा रूपान्तरण गर्न प्रयास गर्ने माओवादीको पुरानै चालबाजी हो । अधिनायकवाद स्थापना गर्न चाइनाको मात्र बलियो सहयोग र र्समर्थन हुनसक्छ भन्ने बुझेका माओवादी नेताहरूले सत्तामा पुग्नचाहिँ भारतकै सद्भाव आवश्यक पर्छ भन्ने तथ्य मनन गरेका छन् । त्यसैले उपयोगको राजनीतिक चालबाजीलाई माओवादीले परित्याग गरिसकेका छैनन् । राजा, गिरिजाप्रसाद या काङ्ग्रेस उपयोग हुनुको परिणाम गणतन्त्र बनेको भए पनि मित्रराष्ट्रहरूको उपयोगले नेपालमा अधिनायकवादी सोचलाई कार्यान्वयन तहमा स्थापित गर्नेसम्मको कार्य हुनसक्ने भएकोले सम्बन्धित सबै पक्ष समयमै सचेत रहन आवश्यक देखिएको छ । सबैले आफू माओवादीबाट कुन समयमा कसरी उपयोग भइयो भन्नेबारेमा गम्भीरतापूर्वक आत्मसमीक्षा गर्न ढिला भइसकेको छ । उपयोग हुनेहरूले माओवादीलाई ‘अन्डरमाइन्ड’ गर्ने गरेका भए पनि परिणामले उनीहरूकै हात माथि पारेको छ, त्यसैले अब आत्मसमीक्षा अनिवार्य हुन पुगेको छ । राजनीति कुराको खेती र र प्रशासनिक कार्य अक्षरको खेतीका रूपमा मात्र रहिन्जेल कुनै पनि मुलुकको विकास असम्भव छ । कुराको खेतीमा अब्बल मानिने उत्तर कोरियालीहरू सिद्धान्त र आदर्शका नाममा भोको र तनावमय जिन्दगी जिउन विवश छन्, दक्षिण कोरियाका बासिन्दा कुरामा प्रतिस्पर्धा गर्न नसके पनि काममा धेरै अगाडि मानिन्छन् । तर, भोकै बस्न सक्ने प्रतिस्पर्धामा उत्तर कोरियालीहरू अगाडि भए पनि सुखसयल र समृद्धिमा दक्षिणकाहरू धेरै अगाडि छन् । कुराकै खेतीमा आफूलाई सीमित गर्नेहरूलाई अब पनि चिन्न नसकिने हो भने विकराल भविष्य आमन्त्रण गर्न हामी सबै तयार होऊँ ।