■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ ग्रीष्म ऋतु वि.सं. २०७९ ज्येष्ठ ४ गते बुधबार तद्अनुसार सन् २०२२ मे १८ तारिख ज्येष्ठ कृष्णपक्षको द्वितीया तिथि ५ः४७ पर तृतीया तिथि ज्येष्ठा नक्षत्र सिद्धि योग वणि करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा वृश्चिक राशिमा ११ः१७ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५:१६ मा भयो र सूर्यास्त साँझ १८ः४६ मा हुनेछ ।
आजको राशिफल
मेष – दिनको उत्तराद्र्ध बढी अनुकूल रहनेछ । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त होला । मान वृद्धि हुनेछ । खेलकूद तथा भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । सार्थक कार्यमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
वृष – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । मान मिल्नेछ । खेलकुद, भ्रमण र आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ ।
मिथुन – आनन्द बढ्नेछ । मनोकूलको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक कार्यमा आकर्षण बढ्नेछ । आफन्तमिलन होला । सन्तानसुख मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ । पराक्रम बढ्नेछ । शुभता र यात्रासित सम्बन्धित कार्य बन्नेछन् । मान महत्व बढ्नेछ । नियाँ सम्भावना देखापर्ने छ । मिठो भोजन प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । सुख शान्ति समृद्धि बढ्नेछन् ।
सिंह – धन मान महत्व बढ्नेछन् । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । समस्याको समाधान मिल्ला । आरोग्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । धनको आगमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ ।
कन्या – आय र आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला । सुख समृद्धि बढ्नेछन् । विलासको वस्तु किन्न सफल हुनुहुनेछ । वार्तामा सफलता प्राप्त होला ।
तुला – पारिवारिक सुख बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । सन्ततिसुख बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।
वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भैइ अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । आशा उत्साह बढ्ला ।
धनु – पारिवारिक कार्यका साथै बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्र उवम् सन्तानसित सम्बन्धित काममा सफलताको योग छ । रोकिएको धन उठ्ला । भोगविलासमा रुचि बढ्ला । उन्नति पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ ।
मकर – सुख सम्पन्नता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनुहुनेछ ।
कुम्भ – आरोग्यता वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनुपर्ला ।
मीन – नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । हांविलासमा आकर्षण बढ्नेछ । आज बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । आयस्रोत बढ्ला ।
प्रतिक्रिया