आमासमूह सवार बस बर्दघाटमा दुर्घटना, ३० जना घाइते

आमासमूह सवार बस बर्दघाटमा दुर्घटना, ३० जना घाइते


  • रविन्द्र यादव, नवलपरासी पश्चिम

पुर्व-पश्चिम महेन्द्र राजमार्गको बर्दघाट-४ खुर्सानी खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छ्न् ।

आमा समुहको टोली लिएर गोरखाबाट लुम्बिनी भ्रमणमा आएको ग १ ख ५८९२ नम्बरको रिजर्भ बस फर्कने क्रममा दुर्घटना हुँदा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए ।

शहीका अनुसार दुर्घटनामा परेको बस अति तिव्र गतिका साथ गुडिरहेको र अर्को बसलाई ओभरटेक गर्दा दुर्घटना भएको हो । दुर्घटनामा घाइतेहरुको हात, खुट्टा र आँखामा चोटपटक लागेको छ । स्थानीय मेडिकलमा उपचारपछि सबैको अवस्था सामान्य रहेको बताइएको छ ।