भरतपुरमा रेनु दाहालले कटाइन् ४७ हजार मत

भरतपुरमा रेनु दाहालले कटाइन् ४७ हजार मत


भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार रेनु दाहालले ४७ हजार मत कटाएकी छन् । १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत ल्याएकी छन् ।

पछिल्लो अपडेट अनुसार उनले ११ हजारभन्दा बढी मतले अग्रता लिएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत ल्याएका छन्।

नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल १४ हजार २६३ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् ।