बारामा गुडिरहेको कारमा आगलागी

बारामा गुडिरहेको कारमा आगलागी


  • Representative image

बारामा गुडिरहेको कारमा आगलागी भएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका-१६ सडकखण्डको बंगरी पुलनजिकै गुडिरहेको प्र.२-०२-००१ च ०१६५ नम्बरको कारमा आगलागी भएको हो ।

आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक शुदर्शन थापाले बताए । प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय क्षति भने हुन पाएन ।

लालबन्दीबाट हेटौँडा जाँदै गरेको कारमा आज बिहान ५ः३० बजे अचानक आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगले ६ः०० बजे आगो नियन्त्रणमा लिइएको थियो । कारको वायर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।