विक्रम सम्वत खारेज !

विक्रम सम्वत खारेज !


नेपालले परापूर्वकालदेखि मानिएको विक्रम सम्वत मेट्न पनि अनेकौँ प्रयास भइरहेको छ । बहुराष्ट्रिय राज्यका प्रवक्ता बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला निजले पद्मरत्न तुलाधरसहितका रहश्यमयी मानिस समाबिष्ट एक कार्यदल बनाएर विक्रम सम्वत हटाएर इस्वी चलाउने प्रक्रिया शुरु गरेका थिए ।

सरकारले नेपालीहरूको राष्ट्रिय परिचयपत्र जारी गर्दा परिचयपत्रबाट नेपालले शताब्दीयौँदेखि मानिआएको विक्रम सम्वत हटाएर इसाइ साल मात्र उल्लेख गर्ने भएको छ । हालसम्म नागरिकताको प्रमाणपत्रलाई नेपाली जनाउने प्रमाण मानिँदै आएकोमा सरकारले अब नागरिकका निम्ति विशेष परिचयपत्र जारी गर्न लागेको छ र, त्यसको प्रक्रिया पनि शुरु भइसकेको छ ।

नम्बरसहितको राष्ट्रिय परिचयपत्र बिना अब कुनै पनि नेपालीले राहदानी (पासपोर्ट) प्राप्त गर्न, बैंकमा खाता खोल्न र कारोबार गर्न, घरजग्गा तथा सम्पत्ति खरिद बिक्री गर्न, जन्ममृत्यु र विवाहलगायतका घटना दर्ता गर्न, चुनावमा मतदान गर्न, मोबाइल फोनको सीमकार्ड खरिद गर्न, सामाजिक सूरक्षा भत्ता लिन र राहत तथा अनुदान लिन पाउने छैनन् । यस्तो महत्वपूर्ण राष्ट्रिय परिचयपत्रमा नेपालको विशिष्ट पहिचान झल्काउने विक्रम सम्वत गायब गरी इसाइ साल मात्र उल्लेख हुने गरी परिचयपत्रको डिजाइन गरिएको छ । त्यस्तो परिचयपत्रको नमूना यसै समाचारमा प्रस्तुत तस्बिरमा अङ्कित छ ।

स्मरणीय छ, २०६३ को राजनीतिक परिवर्तनपछि नेपाली विशिष्टता झल्काउने हरेक विषय नामेट तुल्याउने योजनावद्ध प्रयास हुँदै आएको छ । नेपालले परापूर्वकालदेखि मानिएको विक्रम सम्वत मेट्न पनि अनेकौँ प्रयास भइरहेको छ । बहुराष्ट्रिय राज्यका प्रवक्ता बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला निजले पद्मरत्न तुलाधरसहितका रहश्यमयी मानिस समाबिष्ट एक कार्यदल बनाएर विक्रम सम्वत हटाएर इस्वी चलाउने प्रक्रिया शुरु गरेका थिए । कार्यान्वयनमा ल्याउनुअघि नै घटना र विचारले बाबुरामहरूको योजना सार्वजनिक गरिदिएपछि उनीहरू पछि हटेका थिए ।

त्यसयता बैंक चेक तथा अन्य कारोबारहरूमा इसाइ मिति मात्र उल्लेख हुने बनाइएको छ । राष्ट्रिय परिचयपत्रबाटै विक्रम सम्वत हटाएर इसाइ साल राखिदिएपछि बिस्तारै विक्रम सम्वत बिर्संदै जाने र कालान्तरमा विक्रम सम्वत नेपालमा मान्य नहुने स्थिति बनाइने निश्चित छ ।