बागमतीमा सरकार परिवर्तनको तयारीमा कांग्रेस ?

बागमतीमा सरकार परिवर्तनको तयारीमा कांग्रेस ?


बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको तयारीमा नेपाली कांग्रेस लागेको बुझिएको छ । सरकार परिवर्तनपछि कांग्रेसबाट पार्टीको प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुने छन् ।

कांग्रेसका प्रदेश प्रवक्ता प्रभात तामाङले यसअघि सरकार गठन भएको बेला आधा कार्यकाल नेकपा (एकीकृत समाजवादी)ले र आधा कार्यकाल कांग्रेसले सरकार चलाउने सहमति भएको र सहमतिअनुसारको आधा कार्यकाल एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गरिसकेको तर्क गरे ।

अब कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्ने उनको जिकिर छ ।

‘आधा कार्यकाल सकियो । अब त पालो कांग्रेसको हो’, प्रवक्ता तामाङले भने ।

४ कात्तिकमा बसेको कांग्रेसँगै नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को बैठकमा प्रदेशसभा कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।