■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ ग्रीष्म ऋतु वि.सं. २०७९ ज्येष्ठ १५ गते आइतबार तद्अनुसार सन् २०२२ मे २९ तारिख ज्येष्ठ कृष्णपक्ष चतुर्दशी तिथि कृतिका नक्षत्र अतिगण्ड योग चतुष्पाद करण आनन्दादिमा धूम्र योग चन्द्रमा मेष राशिमा ११:३२ बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ५:११ बजे भयो र सूर्यास्त साँझ १८:५२ बजे हुनेछ ।
आजको राशिफल
मेष – आज परिस्थिति त्यति सहज नभए पनि केही काम बन्न सक्छ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । व्यस्तता बढ्नेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – शुभता वृद्धि हुने र आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त होला । विजयश्री मिल्नेछ । आश मारेको फल प्राप्त हुन सक्छ । तथापि, आज सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । लगनशीलताले भने राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । बोेली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।
मिथुन – आजको दिन स्वास्थ्यमा केही ध्यान दिनुपर्ला । रोकिएको काम बन्ने र सम्पत्ति बढ्ने योग छ । रसरागमा रुचि बढ्नेछ । केही चुनौती सामना गर्नुपर्ला । व्यापार–व्यवसायमा लाभ हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला। दायित्वलाई पूरा गर्नुहुनेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।
कर्कट – शुभ काममा सफलता प्राप्त हुनेछ । सुख–सुविधाको लागि धन खर्च हुने योग छ । दाम्पत्य सम्बन्धमा रमाउने र प्रेमको बन्धन कसिने बेला छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।
सिंह – व्यस्तता बढ्ला । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा चाहिँ काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ ।
कन्या – समय अनुकुल छ तथापि जोखिमप्रति सचेत रहनुपर्ला । दौडधुप बढ्नेछ । शुभ र लाभदायक काम बन्नेछन् । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ ।
तुला – स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा बढ्ने देखिन्छ भने व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिनेछ तथापि आटेको काममा सफलता मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
वृश्चिक – आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रेमपथमा पनि प्रगति होला । तर मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठनपाठनमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ। । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । आफ्नै बलविवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ जोखिमप्रति सचेत रहनुपर्नेछ ।
मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।
कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ तर विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो गतिले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आरोग्यप्रद काममा सफलता मिल्नेछ ।
मीन – समय शुभ भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने छ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।
प्रतिक्रिया