जनता उठ्ने बेला-प्रकाश प्रधान

जनता उठ्ने बेला-प्रकाश प्रधान


देश तातिएको खै !
देश उम्लिएको खै !
देश जुरुकजुरुक उठेको खै !
देश हाहाकार मचाएको खै !
नत्र बन्दैन संविधान
बन्दैन शान्ति सुव्यवस्था
बन्दैन उन्नतिको बाटो खुल्ला
जनप्रतिनिधि कहालिएका पार्टीहरू
फेरि कुस्ताकुस्तीमा जुटिसकेका छन्
केहीबेरको लोलोपोतो पछि
यो थोरै समय बाँकी बेला
खेर गयो भने त
ठूलो सङ्कट आउने सङ्केत भइसकेको छ
अब जनताले पार्टी स्वार्थ माथि उठेर
पार्टीभित्रकै पनि सच्चा देश भक्तहरूले
देशको बृहत्तर स्वार्थ र
सार्वभौम जनराज्यका लागि
यही थोरै बाँकी बेलामा
जे गर्नुपर्छ गर्नुपर्‍यो
दलगत स्वार्थ बिर्सेर ।
‘त्यो’ अवस्थामा कुनै दल
अछुतो रहने छैन
कुनै एकको पनि केही लाग्ने छैन भने
बृहत्तर स्वार्थ अगाडि राखेर
जनता आफै अघि र्सर्ने
चाँजो मिलाउने बेला
आइसकेको छ
नत्र… यहाँ
कसैले… के पाउने
कसैले कुनै पार्टीले
म भाले हुन्छु भनेर
नसोचे हुन्छ ।

मीतले उब्जाएको प्रित-बमप्रसाद श्रेष्ठ
बहार खोजँे, वसन्त सजाई
बिरानो भयो, मेरै देश मलाई
दोबाटो कुरँे, आउँछ्यौ कि भनी
इन्तजार गरेँ, ती तारा गनी ।

बाटोले पर्खेझैं तिमीलाई पर्खें
मिलनको आशमा, बाटोझैं खर्कें,
तिमीलाई नदेख्दा, कल्पना बस्र्यो
खोज्न कर्ुदा लडी, ढाड नै मक्र्यो ।

कुइरोको काग, यो ठूलो संसारको
चौपट्टै इच्छा, लाली चोर्न अधरको,
बन्नुपर्‍यो कान्छी, कमको तनमा
सजाउँछु तिम्रै मुहार, विशाल मनमा ।

पर्खौं कति दिन ? चखेवा सरी
वेदना उब्ज्यो, मनमा घरीघरी
डाँडाको जुनले, सम्झायो तिमीलाई
साह्रै नै सतायो, अवशेषले मलाई ।

बहार खोजेँ, वसन्त सजाई
बिरानो भयो मेरै देश मलाई

राम्रो राखौँ विचार-अमरबहादुर श्रेष्ठ

रंगीन यो रंगमञ्चमा क्या राम्रो फूलबारी
बुद्धको यो दशमा हामी बसौँ मिलिजुली !

उत्तरमा हिमाल छ पर्‍यो पहाड बीचमा
दक्षिणको तराई-फाँट जीवन छ यसमा !

पूर्व पर्‍यो मेची गंगा पश्चिम महाकाली
नेपालीजन मिलिजुली बढौँ पाइला चाली !

यो देश हाम्रो साह्रै राम्रो मन्दिरको भण्डार
रीति-थिति देख्दा हाम्रो छक्क पर्छ संसार !

निरासिनु हुन्न अब राम्रो राखौँ विचार
विकास हुन्छ पक्कै पनि गरेअनुसार !
– दिङ्ला, भोजपुर, हाल : कीर्तिपुर-१३ चोभार, काठमाडौं