पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा उडान अवरुद्ध

पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा उडान अवरुद्ध


पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाइजहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेको जानकारी दिए ।

आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएको हो । क्रेनको सहायताले उठाउने काम भइरहेको बताइएको छ ।

ट्याङ्कर उठाएर विमानस्थलमा पोखिएको तेल सफा गरेपछि उडान सञ्चालन हुने बताइएको छ । दश बजेभित्रै उडान सुचारु हुने जनाइएको छ ।