आजको पञ्चाङ्ग एवम् राशिफल (१८ जेठ २०७९ बुधबार, १ जुन २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ जेठ २०७९ बुधबार, १ जुन २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ ज्येष्ठ १८ गते तद्अनुसार सन् २०२२ जुन १ तारिख बुधबार ज्येष्ठ शुक्लपक्षको द्वितीया तिथि मृगशिरा नक्षत्र ११ः४३ पर आर्द्रा नक्षत्र शूल योग बालव करण ३ः५१ पर तैतिल करण आनन्दादिमा अमृत योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५४ बजे हुनेछ ।

आजको राशिफल

मेष – समय शुभ फलदायक छ । आशा उत्साह बढ्नेछ । रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मान वृद्धि हुनेछ । मित्रभाव बढ्ला । आफन्तको साथ प्राप्त हुनेछ । तथापि, परिवारमा असमझदारी बढ्ने योग भएकोले सावधानीपूर्वक व्यवहार गर्नुहोला ।

वृष – व्यस्तताका साथै परिवारिक सुख बढ्नेछ । उत्साह पनि वृद्धि होला । आफन्तको साथ मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । तथापि, धेरै लगानी गर्दा पनि कम मात्र प्रतिफल प्राप्त होला । चोरी वा ठगीमा परिने सम्भावना छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ ।

मिथुन – आज एउटै कामबाट दोहोरो लाभ दिलाउन सक्छ । आरोग्यता पनि बढ्ने दिन छ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला । हांसविलासमा आकर्षण बढ्नेछ । दौडधुप होला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समयबाट बढी भन्दा बढी फाइदा लिनु बेस हुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीका लागि आजको दिन शुभ छ ।

कर्कट – आजको दिन पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ । टाढिएका आफन्तहरू नजिक हुनेछन् । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय रहला । तर, अरूका विषयमा चासो लिँदा विवादमा परिने योग छ । असावधानीले धन खर्च हुन सक्छ ।

सिंह – आरोग्य वृद्धि हुने दिन छ तर नगरेको गल्तीको सजाय भोग्नुपर्ने योग भएकोले सजगता अपनाउनु हितकर रहला । सरकारी कडिकडाउको सिकार भइनेछ । अनावश्यक दौडधुपमा समय बित्न सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । खेलकूदलगायत मनोरञ्जनपूर्ण कर्ममा भाग लिने अवसर प्राप्त होला । धनसम्पत्ति तथा सुख सम्पदा बढ्ला । पारिवारिक सुख मिल्नेछ ।

कन्या – पुरानो रोगले सताउन सक्छ, सजगता अपनाउनुहोला । आजको दिन गरेको यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । तथापि, रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना भने गोप्य राखेर अघि बढ्नुहोला ।

तुला – दिन मिश्रित खालको छ । धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा पनि रुचि बढ्नेछ । विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । तर भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । योजना र बजेट बनाएर मात्र खर्चसम्बन्धी काम गर्दा हितकर हुनेछ ।

वृश्चिक – दौडधुप बढ्नेछ भने साहसिक काम बन्नेछ । मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ । टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । सुख सफलता बढ्नेछ । आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – आजको दिन ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढे पनि आम्दानीमा भने बाधा पुग्ने देखिन्छ, सावधान रहनु होला । केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । तथापि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । नियमकानूनले साथ दिनेछ । आफ्नो दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला ।

कुम्भ – अनावश्यक भ्रमणमा समय बित्ने योग भएकोले ब्यर्थका भ्रमण रद्द गर्नु बेस होला । नसोचेको समस्या आइपर्न सक्छ । सानातिना काममा समय बित्ने दिन रहेको छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ र पनि जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आफन्तको साथ मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । समस्याको समाधान मिल्नेछ । मंगलमय कार्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुन सक्छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।