आजको पञ्चाङ्ग एवम् राशिफल (२० जेठ २०७९ शुक्रबार, ३ जुन २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० जेठ २०७९ शुक्रबार, ३ जुन २०२२)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ ज्येष्ठ २० गते शुक्रबार तद्अनुसार सन् २०२२ जुन ३ तारिख ज्येष्ठ शुक्लपक्षको चतुर्थी तिथि पुनर्वसु नक्षत्र वृद्धि योग वणि करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मिथुन राशिमा १०ः१६ बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५५ मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन आशा उत्साह बढ्ने प्रकारको छ । पराक्रम बढ्नुका साथै रसरागमा आकर्षण बढ्नेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन् । काममा सफलता प्राप्त हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । मान, सुख, समृद्धि र आरोग्यता वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – परिवारिक समस्याको समाधान प्राप्त हुनेछ । आशा उत्साह थपिनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसँग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनुहुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । आयस्रोत बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ भने भोज भतेरमा भाग लिनुहुनेछ ।

मिथुन – समय मनोकूलको फलदायक रहनेछ । आरोग्य वृद्धि हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । मिठो भोजन प्राप्त हुनेछ । सफलता प्राप्त हुनेछ । कार्यगति वृद्धि हुनेछ । समृद्धि बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आरोग्यता वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा सुमधुर सम्बन्ध रहने छ । बन्दव्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो नभएकोले गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – व्यस्तता बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला ।

कन्या – मनोकूलको काम बन्नेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । व्यस्तता बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – शुभ काममा सफलता मिल्नेछ । अप्ठ्यारो परिस्थितिका बाबजुद केही काम बन्नेछन् । कर्म बल बढ्नेछ । मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय मिश्रित फलदायक रहला । विवादमा नपर्नु हीतकर होला । आरोग्यता बढ्ला । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन पनि सक्छ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।

धनु – दाम्पत्यसुख बढ्नेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जन पूर्ण समय रहेको छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । धनको आगमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । सुख समृद्धि बढ्नेछ । विवादमा नपर्नु बेस होला ।

मकर – आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।

कुम्भ – प्रयासरत काम बन्नेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । देखापरेको समस्याको समाधान मिल्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । व्यस्त रहनुहुनेछ ।

मीन – आरोग्यता बढ्ला । मनोकूलको काम बनेर मन प्रसन्न रहनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । गौरव बढ्ला । सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ ।