वरिष्ठ सञ्चारकर्मी हरिशरण लामिछानेले गरे संसदीय निर्वाचन लड्ने घोषणा

वरिष्ठ सञ्चारकर्मी हरिशरण लामिछानेले गरे संसदीय निर्वाचन लड्ने घोषणा


लामो समयदेखि सञ्चारकर्ममा आवद्ध रहँदै आएका हरिशरण लामिछानेले संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारीका बारेमा औपचारिक घोषणा केही समयमै गर्ने जनाएका छन् ।

‘तीन दशक भन्दा लामो संचारकर्मको परिस्कृत अनुभवबाट मेरो अन्तःस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ,’ सञ्चारकर्मी लामिछानेले भनेका छन्, ‘परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु, सबैको साथ र समर्थनमा यो अभियानमा होमिने छु ।’

विस्तृत कार्ययोजना र उम्मेदवारीको औचित्यबारे समयक्रममा औपचारिक घोषणा हुने उनले स्पष्ट गरेका छन् ।

भक्तपुर नगरकोटका स्थायी बासिन्दा लामिछाने निर्वाचन क्षेत्र भने घोषणा गरिसकेका छैनन् ।