आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड

आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड


व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी)का कार्यकारी निर्देशक शरदविक्रम राणाले व्यापार प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

भक्तपुर चेम्बरको आयोजनामा मंगलबारदेखि भक्तपुरमा सुरु भएको चारदिने तालिम उदघाटन गर्दै उनले निर्यातलाई वढाई आयातलाई प्रतिस्थापन गर्नेतर्फ सवैका ध्यान जानु आवश्यक भएको बताए । अहिलेको अवस्थामा निर्यात भन्दा अयात १० गुणाले बढिरहेको भन्दै उनले यसप्रति चिन्ता व्यक्त गरे ।

भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टिइपिसी)को संयुक्त आयोजनामा सभ्वावित अन्तराष्टिय बजार पहुँचसम्बन्धी चारदिने तालिम उद्घाटन कार्यक्रममा आयोजक भक्तपुर चेम्वरका अध्यक्ष न्हुछेरत्न मानन्धरले यही मनसायले तालिम सञ्चालन गरेको स्पष्ट पारे ।

जिल्लामा बसेर आयात निर्यातमा काम गरिरहेका व्यापारव्यवसायीलाई लक्षित गरी तालिम सञ्चालन गरिएको उनले जनाए । उनका अनुसार यस्तो प्रकारको तालिम यो नै जिल्लामा पहिलो हो । तालिममा विभिन्न क्षेत्रका आयात निर्यातसंग सम्बन्धित २५ व्यवसायीहरु सहभागी रहेको जनाइएको छ । तालिम असार ३ गतेसम्म सञ्चालन हुने छ ।