पर्यटनमन्त्री आलेको अश्लील आवाज फेरि छताछुल्ल

पर्यटनमन्त्री आलेको अश्लील आवाज फेरि छताछुल्ल


नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि दुर्व्यवहार

मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन् ।

अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकारीलाई दुर्व्यवहार गरेका सुनिने अडियो सार्वजनिक भएसँगै उनको तीव्र आलोचना भएको छ ।

यसअघि पनि आलेले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए । मन्त्री आले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसबाट शेरबहादुर देउवा मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्दै आएका छन् ।

सो अडियो सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा उनको राजीनामा माग गर्न थालिएको छ । मन्त्री आलेको हर्कतलाई लिएर ‘गठबन्धन सरकारको ऐना’ भन्दै प्रधानमन्त्री देउवाकै समेत मजाक उडाइएको छ ।