आजको पञ्चाङ्ग एवम् राशिफल (आषाढ ३२ बिहीबार २०८३, जुलाई १६, २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (आषाढ ३२ बिहीबार २०८३, जुलाई १६, २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ नेपाल सं.११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं.२०८३ आषाढ ३२ गते तद्अनुसार सन् २०२६ जुलाई १६ तारिख गुरुबार आषाढ शुक्ल पक्षको द्वितीया तिथि अश्लेषा नक्षत्र बज्र योग तैतिल करण आनन्दादिमा अमृत योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१९ मा भयो र सूर्यास्त साँझ १८ः५९ बजे हुनेछ । श्री जगन्नाथ रथयात्रा ।

आजको राशिफल

मेष – सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । सोचेको विशेष कार्य सफलताको दिशामा अघि बढ्ला । नाम, दाम र इनाम प्राप्तिको योग छ । स्वास्थ्य भने केही कमजोर रहनसक्छ, ध्यान राख्नुहोला । व्यक्तिगत कमी–कमजोरीमाथि टीका–टिप्पणी हुन सक्छ, धैर्य राखी अघि बढ्नु उचित हुनेछ ।साहसिक कामप्रतिको लगावले यशवर्चश्व बढ्नेछ ।

वृष – सानातिना काम या घरेलु समस्यामै अल्झनुपर्ने समय भएपनि आत्मविश्वास र व्यवहारिक कौशलका कारण प्रतिष्ठित कामको जिम्मेवारी पाइने देखिन्छ । विशेष योजनामा हात हाल्दै हुनुहुन्छ तत्कालका लागि थाती राख्नु उचित हुनेछ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउनसक्ने योग रहेकोले यससम्बन्धी प्रसङ्ग टार्नु हितकर होला । सामथ्र्य वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

मिथुन – व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्, तापनि प्रयत्न गर्दा लक्ष्य प्राप्त हुने समय छ । इच्छाशक्ति एवं मेहनतले चुनौती चिर्न सकिनेछ । दैनन्दिन कार्य सुचारु रहनुका साथै मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले पराक्रम वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक भाव वृद्धि हुनेछ । रुपैयाँपैसाको कारोबार हुने देखिन्छ, तर आर्थिक कारोबारमा विशेष सजगताको दरकार छ ।

कर्कट – रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ व्यवसाय सुरु गर्ने अवसर जुर्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । प्रेमिल जनबाट विभिन्न उपहार प्राप्त हुनसक्छ । आरोग्यता रहनेछ । मित्रजनहरूसँग रमाइलो भेटघाटका साथ मिठो भोजन प्राप्त होला । शत्रुपक्ष परास्त हुनेछ । मेहनत गर्दा सामान्य लाभ भइरहनेछ र आयस्रोत बढ्ने देखिन्छ ।

सिंह – अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने समय छ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रशन्न रहला । आरोग्यबल बढ्नेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्ने सम्भावना प्रवल छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नुहोला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

कन्या – आफन्त र मित्रजनको साथले उत्साह बढेपनि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था निम्तिन सक्छ । आजको दिन अरुको भरपर्नु भन्दा कर्ममा विश्वास गरेर अघि बढ्नु हितकर हुनेछ । सामान्य आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्ने योग छ । अप्रिय समाचारले मन खिन्न हुनसक्छ, ध्यान राख्नुहोला । विशेष योजनामा खर्च केही वृद्धि हुने देखिन्छ । प्रतिकुलताका बाबजुद सुख–विलासको अवसर जुर्ला ।

तुला – मिश्रित फलदायी दिन छ । नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम फेरि प्रयास गर्दा सफलता मिल्नेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको अवसरसमेत गुम्नसक्ने देखिन्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउनसक्ने योग छ । पठनपाठनमा खासै मन लाग्नेछैन । धैर्यसाथ नियमित कार्यमा लाग्नु उचित हुनेछ ।

वृश्चिक – बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई क्रमशः सुधार गर्न सकिने समय छ । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त होला । बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नुका साथै यात्रापरक काम पनि बन्ने योग छ । विभिन्न अवसरले पछ्याउनेछन्, तर व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, ध्यान राख्नुहोला ।

धनु – कर्मबल वृद्धिका साथै मित्रजनको पनि साथ–सहयोग प्राप्त हुने समय छ । दिगो आयस्रोत जुटाउन सकिनेछ भने खर्च पनि केही वृद्धि हुने देखिन्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । स्वास्थ्य केही कमजोर रहन सक्छ, जसले गर्दा चिताएको काम पूरा गर्न कठिन पर्नसक्छ । पढाइलेखाइमा समय दिन नसकिएला । धर्मकर्ममा आकर्षण रहनेछ । आत्मविश्वासले प्रतिष्पर्धी परास्त गर्न सकिनेछ ।

मकर – व्यवसायमा जोखिम बढ्ने र खर्चको तुलनामा कममात्र फाइदा हुने समय छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ, ख्याल राख्नुहोला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । समयमा होश नपुग्नाले खर्चमात्र हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ । प्रेमभाव वृद्धि हुनेछ ।

कुम्भ – व्यावसायिक आम्दानी बढ्ने र पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्राको अवसर जुट्न सक्छ । प्रेमभावका साथ दामपत्यसुख बढ्नेछ । पारिवारिक सुखले उत्साह जगाउने देखिन्छ ।

मीन – बोलीको कारणले केही समस्या उब्जिए पनि आजको दिन साथीभाइको सहयोग प्राप्त हुनाले कार्य–व्यवहारमा अघि बढ्नुहुनेछ । व्यवसायमा सहयोगीहरूले फाइदा दिलाउनेछन् । कामको सिलसिलामा यात्राको सम्भावना छ । अध्ययन–अध्यापन कार्यमा समय दिन नसकिएला । लेनदेनको विवादले हानी पुरÞ्याउन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । मित्रहरूसँग स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि स्वास्थ्यावस्थाप्रति सचेत रही खानपानमा सावधानी अपनाउनु हितकर हुनेछ ।