‘ह्वस्किी’ खुवाएर एसपपी सम्झौता गराउन सक्ने माधव नेपालको आशंका !

‘ह्वस्किी’ खुवाएर एसपपी सम्झौता गराउन सक्ने माधव नेपालको आशंका !


एसपीपी नेपालको हितमा छैन, अघि बढ्दैन : परराष्ट्र मन्त्री

पराराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढ्ने बताएका हुन । बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन् ।

सो बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एसपीपीमा हस्ताक्षर गराउन प्रयास गर्लान् भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा आफनो धारणा राख्दै अध्यक्ष नेपालले ‘ह्वस्किी’ खुवाएर सम्झौता गराउने आशंका गर्दै प्रधानमन्त्री देउवालाई सचेत गराएका हुन् ।

अमेरिकन सरकारले देउवालाई भुलभुलैयामा पारेर हस्ताक्षर गराउन सक्ने खतरा अझै रहेको तर्फ नेपालको आशंका कायमै छ । ‘मिठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गरिएला ख्याल गर्नुहोला’ नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई सो बारेमा जानकारी माग गरेको पनि बैठकमा बताएका छन् । ‘मैले प्रधानमन्त्रीलाई सोध्दा उहाले एसपीपीमा हस्ताक्षर गर्दिन कसैले भने पनि म गर्दिनँ भनेर भन्नूभो । यसो हेर्दा उहाँ अडानमा हुनुहुन्छ । उत्तरी सिमामा सैन्य गतिविधि हुन दिन्न भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वस्त भएको छु । कुनै पनि मुलुकको दबाब स्वीकारिँदैन । यस सम्झौतामा हाम्रो असहमति छ’, नेपालले बैठकमा भनेका छन् ।