अवैध रासायनिक मल व्यापारीकै इसाराामा किसानले गरे कब्जा !

अवैध रासायनिक मल व्यापारीकै इसाराामा किसानले गरे कब्जा !


  • विकाश रौनियार, धादिङ

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–६ धार्केमा दुई वटा ट्रकमा ल्याएको रासायनिक मल किसानले नियन्त्रणामा लिएका छन् ।

भारतबाट भन्सार छलि गरेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन् । भन्सार छलि गरि ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरुको संलग्नतामा किसानहरुलाई जानकारी गराएपछि झन्डै ५ सय जनाको किसान समूहले पृथ्वी राजमार्गको बीच सडकमा नै ट्रक रोकेर मल नियन्त्रणमा लिएका हुन् ।

व्यापारीहरुले केही समयदेखि भन्सार छलि गर्दै धादिङका स्थानीय बजारमा मल कालोबजारी गरी बेच्दै आएको आरोप पनि लागेको छ । विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल लुट्न लगाएको किसानहरुले बताएका छन् । करिव ५ सय बोरा मल किसानले कब्जा गरेर लगेको बताइएको छ ।

अहिले देशभर मल अभाव भइरहेको छ । धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका बेला शुनिबार धार्केमा किसानहरुले मल कब्जा गरेका हुन् । किसानहरुले मल कब्जा गर्ने क्रममा प्रहरीले भिडलाई तितरवितर गर्न लाठी प्रहार पनि गरेको थियो ।