भेरी नदीमा जीप खस्दा चालक र सहचालकको मृत्यु

भेरी नदीमा जीप खस्दा चालक र सहचालकको मृत्यु


symbolic image

रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ । राडीबाट रिम्नातर्फ जाँदै गरेको ग. १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्काको ज्यान गएको हो ।

प्रहरीका अनुसार जीप अनियन्त्रित भएर भेरी नदीमा खसेको थियो ।