पहिरोले डुम्रे-बेँसीसहर सडकखण्डको उदिपुरमा सडक अवरुद्ध

पहिरोले डुम्रे-बेँसीसहर सडकखण्डको उदिपुरमा सडक अवरुद्ध


लगातारको वर्षाका कारण डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण शनिबार रातिदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

बेँसीसहर नगरपालिका-१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो ।

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन् ।

नयाँ ट्रयाक खोलेर वैकल्पिक बाटो खोजी गरी आइतबार साँझसम्म अवरुद्ध सडक खुलाइने डुम्रे-बेँसीसहर-चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अच्युतविलास पन्तले बताए । उनले भने, ‘सडकको १ सय मिटर माथिबाट पहिरो खसेको छ तत्काल सडक खुलाउन सकिँदैन यसका लागि वैकल्पिक बाटो खोज्नुपर्छ ।’