पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलको भाउ अब लिटरकै रु १९९

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलको भाउ अब लिटरकै रु १९९


रसिया युक्रेन युद्धलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ ।

गएराति १२ बजेदेखि लागू भएको नयाँ मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १९९ र डिजेल तथा मट्टितेललाई १९२ रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तै, खाना पकाउने एलपी ग्यासको भाउ यथावत रहेको र निगमलाई अझै मासिक रुपमा ४ अर्ब ७० करोड घाटा रहेको निगमले जनाएको छ ।