खाना पकाउने ग्यासमा दुई थरी मूल्य तोक्ने तयारी

खाना पकाउने ग्यासमा दुई थरी मूल्य तोक्ने तयारी


घरायसी प्रयोजनमा सहुलियत दिइने

सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ । यस्तो व्यवस्था चाँडै गर्ने तयारी सरकारको तयारी छ ।

नेपाल आयल निगमले औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा ग्यास बिक्री गर्ने तयारी गरिरहेको जनाएको छ ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले यसका लागि ग्यासको गन्ध र सिलिन्डरकव रंग फेर्ने तयारी भएको बताए ।

‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौँ’, उनले भने । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढे पनि तत्काल नेपालमा भने मूल्य बढाउने तयारी नरहेको उनले बताए ।