राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन

राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन


राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलका सदस्यमा गीता क्षेत्री राणा, युवराज लामा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं, डा. शुभेन्दु गुप्ता, रवि राजकर्णिकर, सूर्यबहादुर अधिकारी, नीलेन्द्रराज श्रेष्ठ, सुमन डिसी, सुजिना गुरुङ, डा अचुतम लामिछाने र हरिहर श्रेष्ठ रहेका छन् ।

राखेपका सदस्य-सचिव टङ्कलाल घिसिङले कार्यदलमा समेटिएका सबैलाई पत्र हस्तान्तरण गर्दै खेलकुद क्षेत्रको समग्र विकासको लागि पनि खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गर्न आवश्यकता रहेको स्मरण गराए । उनले भने- ‘योजना बनाउन जत्ति जरुरी छ त्योभन्दा पनि अझ महत्वपूर्ण पाटो योजनालाई कार्यान्वयन तहमा पु¥याउनु हो । कार्यदलमा विज्ञ र अनुभवी महानुभाव हुनुहुन्छ । यहाँहरूबाट मैले धेरै आशा गरेको छु ।’