श्रेष्ठको एग्रिमो आउँदा सभामुख दुःखी !

श्रेष्ठको एग्रिमो आउँदा सभामुख दुःखी !


चीनका लागि प्रस्तावित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई बेइजिङबाट एग्रिमो प्राप्त भएको छ । श्रेष्ठको एग्रिमो आएसँगै सभामुख अग्नि सापकोटा र उनका छोरा दुःखी बनेको बुझिएको छ ।

सापकोटा आफ्ना छोरालाई चीनको राजदूत नियुक्त गर्न चाहन्थे, तर छोराको नभएर विष्णुपुकार श्रेष्ठको नाम प्रस्तावित भएपछि दुःखी बनेका उनले बेइजिङस्थित आफ्नो सम्पर्क-सूत्रलाई एक लामो पत्र लेखि एग्रिमो रोक्न प्रयास गरेका थिए । विष्णुपुकार श्रेष्ठ पश्चिमा मुलुकबाट सञ्चालित भएकोले उनलाई चीनले स्वीकार गर्न उपयुक्त नहुने ब्यहोरा सापकोटाले पत्रमा लेखेका थिए ।

लामो समयदेखि नेपालको वामपन्थी आन्दोलनमा क्रियाशील श्रेष्ठले आफूसम्वद्ध पार्टी माओवादीकै इच्छाअनुरुप केही काल मानवाधिकारसम्बन्धी संस्था स्थापना गरेर काम गरेका थिए । सो संस्थाले पश्चिमी मुलुकबाट सहयोग लिएर काम गर्ने गरेकोले श्रेष्ठ पश्चिमाकै मानिस भएको दाबी सापकोटाले बेइजिङ पठाएको पत्रमा गरेका थिए ।

चीनका विश्वासप्राप्त मानिएका अग्नि सापकोटाले आफ्नो तर्फबाट त्यस किसिमको पत्र गइसकेपछि चीनले पत्याउने र, श्रेष्ठको एग्रिमो नआएपछि त्यस स्थानमा आफ्ना छोरालाई राजदूत बनाएर पठाउने सपना देखेका थिए । अपेक्षाप्रतिकुल चीनले श्रेष्ठको एग्रिमो पठाएकोले सभामुख सापकोटाका बाबु-छोरा अत्यन्तै दुःखी बनेको बुझिएको छ ।