फुटबलर भरत र नवयुग अमेरिका प्रस्थान

फुटबलर भरत र नवयुग अमेरिका प्रस्थान


विभागीय त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठ अमेरिकामा हुने ‘अमेरिका कन्भेन्सन (एनएसी)’ फुटबल प्रतियोगिता खेल्न बिहिबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका दुवै खेलाडी केही हप्ता अमेरिका रहने जनाइएको छ । पाचौँ संस्करणको एनएसी प्रतियोगिता खेन दुवै खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भरत र नवयुग दुवैले आयोजकको लस एन्जलस (एलए)को टोलीबाट खेल्नेछन् ।

हाल भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठ पछिल्लो एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए ।