प्रत्येक हप्ता विश्रामको दिन स्वेच्छिक भेटीकार्डको रूपमा लाखौँ रकम चेन सिष्टममार्फत एक देशबाट अर्को देश जाने गरेको देखियो । यति मात्र होइन, लाखौँ संख्यामा बाइबल, क्रस, कपडा, बुर्का सबै बिक्री-वितरण भइरहेको पाइयो । शुरु-शुरुमा आफ्नो व्यवसायका लागि चलाखीपूर्ण ढंगमा गरीब बस्तीहरूमा लत्ताकपडा बाँड्ने चर्चहरूले दीर्घकालिक रूपमा फाइदा लिएको भेटियो । सर्वसाधारणमा यसलाई ‘चर्च व्यवसाय हो’ भन्ने भान पर्न नदिन ईश्वरको नाम, चंगाइको नाम, भूतात्मा धपाउने नाममा साप्ताहिक बाइबलको वचन रटाउने काम निरन्तर भएको छ ।
- रामचन्द्र ढकाल
‘यस विषयमा नलेख्नुहोस्, कतै लेखेको भेटियो भने नपढ्नुहोस्, सबैभन्दा ठूलो परमेश्वरविरोधी क्रियाकलाप नै यही हो । जो यसमा संलग्न हुन्छ, ऊ माफीको लायक छैन …!’ हरेक चर्चले यस्तै भनेको भेटिएपछि यस्ता पुस्तक लेखनीमा तुवाँलो लाग्ने नै भए । सत्यतथ्य सबैसामु पस्कन जरुरी भएकोले आज खोजकारले लेखनीलाई निरन्तरता दिएको छ ।
मानव सभ्यताको विकाससँगै थुप्रै ख्रिस्टियन सम्प्रदाय र पन्थहरू उत्पन्न भए, यसरी खडा भएका सबै सम्प्रदायहरूले आफ्नो मण्डली नै साँचो/सत्य भन्छन् । तिनले अरु सम्प्रदाय फुट भन्ने गर्दछन् । सबैले विश्वास गरेको परमेश्वर पुत्र येशू एकै भए तापनि तिनीहरूले आर्थिक संकलन गर्ने दशांश र भेटीकार्डको प्रयोगकर्ता फरक हुनु हो भनी थाहा पाउँछौँ ।
विश्वासीहरूले भोजनविहीन हुँदा, खालीखुट्टा हुँदा, आफ्ना छोराछोरीलाई उपचार र एकसरो कपडा किन्न नसके पनि परमेश्वरप्रति धन्यवादी हुन आफ्ना अर्पण गरेका छन् । प्रत्येक महिना विश्वासीहरूले दशांश भेटी, चर्च धन्यवाद भेटी, समूह भेटी, सेवा भेटी, प्रतिज्ञा भेटी, प्रचारक भेटी, खाना भेटी, चर्च निर्माण भेटी, चर्च भाडा भेटी, रेम वा पास्टर भेट भेटी, प्रेमको बजार भेटी, चर्चको सामान किन्न भेटी, स्वेच्छिक भेटी, दान भेटी आदि दान दिने गर्दछन् । यसरी विभिन्न शीर्षकमा चर्चभित्र ठगी भइरहेका छन् ।
अधिकांश चर्चहरूमा सोझा मानिसहरूबाट स्वर्ग, नर्क, चंगाई, ईश्वरको नाम गरेर उठाइने दशांश र भेटीकार्डको रूपमा संकलन गरिएको आर्थिक सम्पत्तिको बारेमा विश्वासीहरू अनभिज्ञ देखिएपछि यो खोजकर्ताले आफ्नो खोजी अगाडि बढाए । नेपालका अधिकांश चर्चहरूमा दशांशका घनीभूतरूपमा भएको भेटियो । यस कार्यको लागि चितवन, मकवानपुर, गोरखा, काठमाडौं, काभ्रे, नुवाकोटलगायतका थुप्रै जिल्लामा रहेका चर्चहरूमा खोजकले खोजीकार्य सम्पन्न गरे । उक्त खोजबाट यस्तो नतिजा बाहिरियो ।
नेपालमा एउटा गाउँपालिकाको एउटा वडामा दश वटा चर्च (व्यापारी केन्द्र) छन् । एक चर्चमा सय जना सदस्य परिवार छन् । एक परिवारको मासिक आम्दानी सरदरमा दश हजार मात्र राख्दा उक्त व्यक्तिले आफ्नो आम्दानीको १० प्रतिशत (एक हजार) परमेश्वरको नाममा दान दिन्छ । यसो गर्दा सय जना व्यक्तिको एक लाख प्रतिदशांश आम्दानी एक जना पाष्टरले पाउने गर्दछ । योबाट के प्रष्ट हुन्छ भने सय जना सदस्य भएको चर्चको पाष्टरको मासिक एक लाख आम्दानी हुन्छ । यस्तो पाष्टर वडामा १० जना छन् ।
त्यसोभए १० गुणा एक लाख बराबर दश लाख हुन्छ । गाविसको प्रमुख वा इलाका प्रमुखको आम्दानी दश लाख हुन्छ । यही रीतले जिल्लाको प्रमुख पाष्टरको करोडभन्दा माथि आम्दानी हुन्छ । उक्त पाष्टरले आफ्नो आम्दानीको १० प्रतिशत केन्द्रमा पठाउँछ । ७७ वटा जिल्लाबाट दशांश संकलन गर्दा केन्द्रीय पाष्टरको पोल्टामा करोडौँ रकम जम्मा हुन्छ । उक्त रकमको १० प्रतिशत विदेशमा रहेका संघ-संस्थाको प्रमुखकहाँ पुऱ्याएको भेटियो ।
अर्कोतिर प्रत्येक हप्ता विश्रामको दिन स्वेच्छिक भेटीकार्डको रूपमा लाखौँ रकम चेन सिष्टममार्फत एक देशबाट अर्को देश जाने गरेको देखियो । यति मात्र होइन, लाखौँ संख्यामा बाइबल, क्रस, कपडा, बुर्का सबै बिक्री-वितरण भइरहेको पाइयो । शुरु-शुरुमा आफ्नो व्यवसायका लागि चलाखीपूर्ण ढंगमा गरीब बस्तीहरूमा लत्ताकपडा बाँड्ने चर्चहरूले दीर्घकालिक रूपमा फाइदा लिएको भेटियो । सर्वसाधारणमा यसलाई ‘चर्च व्यवसाय हो’ भन्ने भान पर्न नदिन ईश्वरको नाम, चंगाइको नाम, भूतात्मा धपाउने नाममा साप्ताहिक बाइबलको वचन रटाउने काम निरन्तर भएको छ ।
ख्रीष्टियनको धरातल झुटमा अडिएको छ, यिनीहरू नाफाको ब्यापार गर्छन् । ग्रीसको अर्थतन्त्र टाट पल्टियो । सम्पन्न जनताले समेत एक छाक खान नपाउने अवस्था आयो तर त्यहाँका चर्च र अगुवाहरूलाई यसले असर पारेन । झन्-झन् चर्चको कमाई बढ्दै गयो । क्याथोलिकहरूको बाहुल्यता भएको दक्षिणी अमेरिकी राष्ट्र भेनेजुएला अहिले चरम आर्थिक सङ्कटबाट गुज्रिएको छ । एक छाक खान हजारौँ रुपैयाँ खर्चिनुपरेको छ । त्यहाँका जनता छिमेकी कोलम्बियातर्फ पलायन हुन बाध्य भएका छन्, तर त्यहाँको चर्चलाई अलिकति पनि असर पारेको छैन । कथित ख्रीष्टियन एजेन्ट चर्चको फादरको कमाई झन् माथि जाँदैछ ।
धर्मको व्यापारभन्दा हानिरहित व्यापार संसारमा केही छैन । अनिकाल लागोस् कि प्राकृतिक प्रकोप आओस्, कमाईमा कुनै कमी छैन । गल्ती उनीहरूको होइन, उनीहरू त व्यापारी भए- छलछम गरेर भए पनि आफ्नो व्यापार बढाउँछन् । गल्ती आमजनताको हो । कर्ममा विश्वास गर्न नसक्नेहरू, मरेर स्वर्ग जाने लालचमा वर्तमानलाई नर्क बनाइरहेका छन् । बबुराहरूलाई के थाहा रगत, पसिना बगाएर जोगाएको रकम दशांशको नाममा, भेटीको नाममा ती धूर्त पादरी व्यापारीहरूलाई लुटाउँदैछन् । यो क्रम तबसम्म रोकिँदैन जबसम्म आम जनमानसमा चेतनाले ईश्वरत्व र जीवप्रतिको प्रेमविनाको दानले मुक्तिको हवाला दिए पनि त्यो सम्भावना छैन भन्ने बुझ्दैन । यी र यस्तै तथ्यबारे जानकारी दिने उद्देश्यले पङ्क्तिकारले ‘परमेश्वरको अदालतमा वेद र बाईबल’ पुस्तक तयार पारेको अवगत गराउँदै बिट मार्दछु ।
प्रतिक्रिया